लेवान्डोस्कीको ह्याट्रिक, दुई खेल बाँकी छदै बायर्न च्याम्पियन !

एजेन्सी – बायर्न म्युनिख लगातार नवौं सिजन बुन्डेसलिगा च्याम्पियन बनेको छ । शनिबार राति बोरुसिया मोन्चेनग्लाडवाकमाथि ६–० को सानदार जित निकाल्दै लिग चरणका दुई खेल बाँकी छदै बायर्नले लगातार नवौं सिजन बुन्डेसलिगा जित्न सफल भएको हो ।

बायर्न २०१३ देखि लगातार च्याम्पियन बन्न सफल भएको हो । त्यसअघिको दुई सिजन बोरुसिया डर्टमुन्डले बुन्डेसलिगाको उपाधि जितेको थियो । समग्रमा बायर्नको यो ३१औं बुन्डेसलिगा उपाधि हो ।

घरेलु मैदान एलिएन्ज एरिनामा शनिबार राति भएको खेलमा बायर्नको जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पुरा गरे । थोमस मुलर, किङ्सले कोमान र लिरोए सानेले समान एक गोल गरे । पहिलो हाफमा चार तथा दोस्रो हाफमा दुई गोल निस्किएको थियो ।

खेलको दोस्रो मिनेटमा नै रोबर्ट लेवान्डोस्कीको गोलबाट बायर्नले अग्रता लिएको थियो । २३औं मिनेटमा थोमस मुलरले अग्रता दोब्बर पारे । ३४औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ४४औं मिनेटमा किङ्सले कोमानले गोल गरेपछि बायर्नले पहिलो हाफमा ४–० को आरामदायी अग्रता लियो ।

६६औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टी गोलमार्फत ह्याट्रिक पुरा गर्दा बायर्न ५–० ले अघि बढ्यो । उनले यो सिजन २७ खेलमा सर्वाधिक ३९ गोल र ७ असिस्ट दिएका छन् । ८६औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नलाई ६–० को फराकिलो जित दिलाए ।

जितसँगै च्याम्पियन बनेको बायर्नको ३२ खेलबाट ७४ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको आरबी लाइप्जिगको ६४ अंक छ । शीर्ष दुई टोलीबीच १० अंकको अन्तर छ । बाँकी खेलमा हार बेहोरेििन बायर्नलाई केही फरक पर्ने छैन । पराजित बोरुसिया मोन्चेनग्लाडवाक ४६ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

प्रकाशित : आइतबार, बैशाख २६, २०७८१०:१९

युरोपियन गोल्डेन बुट लेवाण्डोस्कीले जित्ने पक्का, मेस्सी र रोनाल्डो पछि परे ! यस्तो छ अवस्था …