आज सुन वैशाख ९ गते यताकै महँगो ! कति ?

काठमाडौँ – हप्ताको पहिलो दिन आज सुनको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा १ सय रुपैंयाँले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुन ९१ हजार ८ सय र तेजाबी सुन ९१ हजार ३ सय रुपैंयाँमा कारोबार भैरहेको छ।

आज कायम भएको सुनको मूल्य वैशाख ९ गते पछिकै महँगो रहेको छ। वैशाख ९ गते ९२ हजार २ सय रुपैंयाँमा कारोबार भएपश्चात सुन आजको जति महँगो कुनै पनि दिन भएको थिएन।

गत साता सुनको मूल्य

गत हप्ता छापावाला सुन ९० हजार देखि ९१ हजार ७ सय रुपैंयाँ सम्ममा कारोबार भयो भने तेजाबी सुन ८९ हजार ५ सय देखि ९१ हजार २ सय रुपैंयाँ सम्ममा कारोबार भयो।

चाँदीको मूल्य

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तोलामा रु ५ ले घटेर चाँदी १३ सय ४५ रुपैंयाँमा कारोबार भैरहेको छ।

प्रकाशित : आइतबार, बैशाख २६, २०७८१०:५३

ओली सरकार ढलेपछि ह्वातै बढ्यो शेयर बजार, यी कम्पनीका शेयर हुनेले कमाए !