एसइई र कक्षा १२ को परीक्षाबारे आयो यस्तो जानकारी, बिद्यार्थी अन्योलमा!

कोरोनाको महामारीले गर्दा कक्षा १० (एसइई) र कक्षा १२ को परीक्षा के हुने भन्ने अझै अन्योल छ । राष्ट्रिय परीक्षा बोर्डले परिक्षाको तयारी अन्तिम चरणमा पुर्‍याए पनि महामारीका कारण परीक्षाबारे केहि  निर्णय नहुँदा विद्यार्थी र  अभिभावक अन्योलमा छन् ।

जेठ १३ गते  देखि एसइई र  जेठ २६ गते देखि कक्षा १२ को परीक्षा तय भएको छ  । साथै एसइईको प्रश्नपत्र छापिएर  प्याकिङसमेत भइसकेको छ । यस वर्ष  एसइईका लागि देशभरबाट दुई हजार १५ परीक्षा केन्द्र सिफारिस भएका छन् ।

कोरोनाको महामारीको कारण अहिले अधिकांश जिल्लामा निषेधाज्ञाको साथै शैक्षिक संस्था समेत बन्द छ । अहिलेको स्थितिमा भौतिक उपस्थितिमा परीक्षा लिन सम्भव नभएको भन्दै  वैकल्पिक विषयमा सरकारले छिट्टै निर्णय गर्नुपर्ने शिक्षाविद्बहरुले बताएका छन्  । अवस्था तत्काल सामान्य हुने स्थति नभएकोले  अघिल्लो वर्षको एसइई जस्तै शिक्षकले मूल्यांकनको व्यवस्था गर्नुपर्ने बताउछन् ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र इन्टरनेटको  सुविधा भएको ठाउँमा मात्रै राख्ने र अनलाइनबाटै प्रश्नपत्र पठाउने तयारी गरिरहेको छ । हिमाली जिल्लाका लागि भने  सदरमुकाममा नेट चल्ने भएकोले अनलाइनबाटै प्रश्नपत्र पठाउने निर्णय भएको छ । बोर्डका एक अधिकारीको अनुसार अघिल्लो वर्ष कोरोनाका कारण आ-आफ्नै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको थियो । र अनलाइनबाट प्रश्नपत्र पठाएर सफल परीक्षा सञ्चालन भएको थियो। त्यसैले यस वर्ष  के गर्ने भन्ने विषयमा सरकारले छिट्टै निर्णय गर्नुपर्ने बताइएको छ।

प्रकाशित : आइतबार, बैशाख २६, २०७८११:४९

भारतमा लगातार चौथो दिन चार लाख कोभिड–१९ संक्रमित