काठमाडौँ, बैशाख २६ । बीबीसी नेपाली सेवा लण्डनका पुर्व निर्देशक तथा विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले सामाजिक संजालमा संवैधानिक परिषदको बैठकले गरेका सिफारिसको कटाक्ष गरेका छन्। मिश्र सामाजिक संजालमा निकै एक्टिभ रहन्छन्। उनि आफुलाई चित्त नबुझेको कुरा सामाजिक संजालमा पोस्ट गर्ने गर्छन।

मिश्र लेख्छन्, “अपराधीहरूले दिएको राजनीतिक नियुक्ति खानुभन्दा ‘साग र सिस्नु खाएको बेस आनन्दी मनले’!
चरम भ्रष्टाचार र कुशासनका कारण अप्रत्यक्षरूपमा जति नागरिकको ज्यान जान्छ, जति नागरिक गरिवीमा पिल्सिएर जीवन विताउन बाध्य हुन्छन्, त्यसका कारकहरू अपराधी होइनन् भनेर यो मनले कहिल्यै स्विकार्न सक्दैन।”

