स्तनपान गराउँदा-गराउँदै आमाको प्राण गयो, थिचिदा निसासिएर छोरीले पनि गुमाइन् ज्यान !

एजेन्सी – स्तनपान गराइरहेकी आमाको निधन हुँदा निसासिएर एक बालिकाको पनि निधन भएको छ। अर्जेन्टिनामा स्तनपान गराइरहेको अवस्थामा निधन भएकी आमाबाट थिचिएर एक बालिकाको निधन भएको हो।

घटना अर्जेन्टिना कोरिएन्टेसको रहेको छ। त्यहाँ मारियाना ओजेडानाम गरेकी ३० वर्षीय एक महिनाको निधन भएको र उनको थिचाईमा परेर २ महिने शिशुको ज्यान गएको विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाए।

के हो घटना ?

महिलाका पति गेब्रियल काममा थिए। केहि समय देखि उनी श्रीमतीलाई लगातार फोन गरिरहेका थिए। धेरै पटक फोन गर्दा पनि मारियानाको फोन उठेन। श्रीमतीको फोन नउठेपछि उनी आत्तिएका थिए। त्यतिकैमा उनका ३ वर्षिय छोराले फोन उठाएर आमा अझै सुतिरहेको बताए।

छोराको यस्तो कुरा सुनेर उनी अत्तिंदै घर पुगे। जहाँ उनले मारियाना मात्र नभई २ महिने छोरीलाई बेहोस अवस्थामा पाए। दुवैलाई तत्काल अस्पताल पुर्याए। दुवैलाई अस्पतालमा मृत घोषणा गरियो।

दुवै माथि थप अनुसन्धान गर्दा मारियानाको हाइपरटेन्सनका कारण निधन भएको र बालिकाको निसासिएर निधन भएको थाहा भयो। डाक्टरहरुका अनुसार मारियानाको ज्यानले थिचेका कारण बालिका निसासिएकी थिइन्।

प्रकाशित : आइतबार, बैशाख २६, २०७८१८:४५

राजीनामाको शृंखला गण्डकीबाट शुरु !