हरेक घण्टा ३ जना भन्दा बढीको निधन !

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १८ हजार ७८७ पिसिआर र ६०० एन्टिजेन परीक्षण गरिएको जानकारी दिए। नेपालमा तीन लाख ९४ हजार ६६७ सङ्क्रमित रहेका छन् ।

देखिएका सङ्क्रमितमध्ये सबभन्दा बढी ३० देखि ३९ वर्ष उमेर समूहका दुई हजार ३८ जना छन् । यस्तै सङ्क्रमित निको भई चार हजार २२ घर फर्किएका छन् । अहिलेसम्म तीन लाख दुई हजार ७८७ निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ७६.७ प्रतिशत छ ।

८८ को निधन

यस्तै सङ्क्रमणबाट ८८ को निधन भएको छ । निधन भएका सङ्क्रमित सङ्ख्या सबभन्दा बढी हो । मन्त्रालयका प्रवक्ता डा गौतमले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) को तथ्याङ्कमा नेपाली सेनाले शव व्यवस्थापन गरेको आधारमा आज निधन हुनेको सङ्ख्या ८८ पुगेको जानकारी दिए। यस हिसाबले गएको दिन हरेक दघण्टा ३ जना भन्दा बढीको निधन भएको छ । यस  निधन हुनेसँगै नेपालमा अहिलेसम्म तीन हजार ७२० पुगेको छ ।

यस्तै पाँच सय बढी सङ्क्रमण भएका जिल्ला २६ पुगेका छन् । प्रवक्ता डा गौतमका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, महोत्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, गोरखा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत,कैलाली, कञ्चनपुर र वैतडी रहेका छन् ।

आइसियुमा ८३२ र भेन्टिलेरमा २६७

यसैगरी सङ्क्रमितमध्ये ८३२ सघन उपचार कक्ष (आइसियु) र २६७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नंं १ मा ११३, प्रदेश नं २ मा ६०, वाग्मती प्रदेशमा ४४३, गण्डकी ६१, लुम्बिनी ८६, कर्णाली ३३ र सूदुरपश्चिम ३६ आइसियुमा रहेका छन् । यस्तै प्रदेश नंं १ मा १७, प्रदेश नं २ मा ३७, वाग्मती प्रदेशमा १५७, गण्डकी १३, लुम्बिनी २१, कर्णाली ११ र सूदुरपश्चिम ११ भेन्टिलेटर रहेका छन् ।

प्रकाशित : आइतबार, बैशाख २६, २०७८२०:४६

विश्वासको मतःनेपालको संविधानको पहिलो अभ्यास