आज वैशाख २७ गते सोमबार , कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

 तपाईको दिन अनुकूलताले परिपूर्ण रहनेछ। सबै कार्यमा सफलता मिल्नाले मनमा हर्ष र प्रसन्नताको  अनुभव गर्नुहुनेछ। आर्थिक क्षेत्रमा   लाभदायक दिन रहेको छ। मित्र र आफन्तसँग भेट हुनाले घरेलू वातावरण आनन्द र उल्लासमय रहनेछ। उत्तम वस्त्र र भोजन मिल्नेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

दिन सावधानीपूर्वक बिताउनुहोला। तपाईको  मन अनेक प्रकारको चिन्ताले घेरिरहनेछ। स्वास्थ्य स्वस्थ रहनेछ। विशेष रूपले आँखामा  समस्या हुनेछ। आफन्त र परिवारसँग मनमुटावको अवसर खडा हुँदा मनमा  ग्लानि अनुभव हुनेछ। तपाईद्वारा अपनाईएको कार्य अधुरो रहनेछ । खर्चको मात्रा बढ्नेछ। उचित पारिश्रमिक नमिल्नाले मनमा निराशा उत्पन्न हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

विविध लाभ प्राप्त हुनेछ। परिवारमा छोरा र श्रीमतीको तर्फबाट लाभदायक समाचार मिल्नेछ। मित्रसँग साथ मिलन हुनेछ। व्यापारी वर्गको आयमा वृद्धि हुनेछ। पेसामा उच्च पदाधिकारीको कृपादृष्टि रहनेछ। विवाहोत्सुक व्यक्तिले जीवनसाथी मिल्ने योग रहेको छ। स्त्री मित्रको तरफबाट लाभ मिल्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

रोजगार वा व्यवसायमा दिन लाभदायक रहनेछ । उच्च पदाधिकारीको कृपादृष्टि रहनाले  पदोन्नति होला। उच्च पदाधिकारीसँग महत्त्वपूर्ण मामिलामा चर्चा गर्नुहुनेछ। शारीरिक- मानसिक ताजगी अनुभव गर्नुहुनेछ। आमाको स्वास्थ्यको सम्बन्धमा राम्रो रहनेछ । धन मान-सम्मानको  हकदार बन्नुहुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईको दिन मध्यम फलदायक रहनेछ। धार्मिक र माँगलिक कार्यमा उपस्थित रहनुहुनेछ। तपाईको व्यवहार न्याय प्रिय रहनेछ। धार्मिक यात्राको आयोजन गर्नुहुनेछ। स्वास्थ्य साधारण  रहन सक्ला। विदेशमा रहने आफन्तको समाचार मिल्नेछ। उच्च पदाधिकारीसँग सावधानीपूर्वक व्यवहार गर्नुहोला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

नयाँ कार्यको सुरुवात गर्नुहुनेछ। बाह्य खाद्य पदार्थ खानाले  स्वास्थ्य खराब हुन सक्ला। रिस अधिक रहनेछ। पारिवारिक  सदस्यसँग  मनमुटावको  अवसर आउनेछ। पानीबाट बच्नुहोला।  उचित पारिश्रमिक नमिल्नाले  मन उदास रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईको दिन  सफलता र आनन्दमय रहनेछ। जसकारण पुरै दिन मनमा प्रसन्न अनुभव गर्नुहुनेछ। सार्वजनिक जीवन सम्बन्धि कार्यमा सफलता र सिद्धि प्राप्त गर्नुहुनेछ।  विशेषरूपले  विपरीत लिंगीय व्यक्ति जीवनमा छाईरहनेछ। मोज-मस्तीमा खर्च हुन सक्ला। शारीरिक र मानसिक स्वास्थ्य बनिरहनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

 केहि आकस्मिक घटना घट्न सक्ला।  पूर्वनिर्धारित भेट रद्द हुनाले निराशा उत्पन्न हुनेछ। हातमा आएको अवसर हातबाट निक्लेको अनुभव गर्नुहुनेछ। पारिवारिक सदस्यसँग मतभेद हुनेछ। माइती  पक्षबाट समाचार मिल्नेछ।  नयाँ  कार्य वा योजनाको आराम्भ नगर्नुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

दिन मिश्र फलदायी रहनेछ। पेट सम्बन्धि समस्या खडा हुनेछ। सन्तानको  स्वास्थ्य र उनको पढाईको सम्बन्धमा चिन्ताले मनमा व्यग्र रहनेछ। कार्यमा  सफलता नमिल्नाले क्रोध उत्पन्न हुनेछ। प्रिय व्यक्तिसँग रोमांचक क्षणको आनन्द उठाउन सक्नुहुनेछ। साहित्य र लेखनको  क्षेत्रमा  रुचि रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

दिन प्रतिकुलताले भरिपूर्ण रहनेछ। जसकारण मनमा  खिन्नता अनुभव हुनेछ । शरीरमा उर्जा र ताजगीको  अभाव  रहनेछ। सार्वजनिक जीवनमा  मानहानि हुन सक्ला। छातीमा पीडा रहन सक्ला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाई तन-मनबाट  प्रसन्न अनुभव गर्नुहुनेछ। तपाईको मनमा  छाएको चिन्ताको बादल टाढा हुनाले उत्साह बढ्नेछ। आनन्दपुर्वक समय बिताउनुहुनेछ। लघु यात्रा हान सक्ला। मित्र तथा आफन्तसँग भेट हुनाले चित्त प्रसन्न रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

बोलीमा ध्यान राख्नुहोला। रिसको कारण कसैसँग झगडा वा मनमुटाव हुन सक्ला। शारीरिक कष्टको अनुभव हुनेछ। विशेष रूपले आँखामा ध्यान राख्नुहोला। पारिवारिक सदस्य र प्रेमीद्वारा घरमा विरोधको  वातावरण बन्नेछ। नकारात्मक विचार मनमा आउनेछ। खानपिनमा ध्यान राख्नुहोला।

प्रकाशित : सोमबार, बैशाख २७, २०७८००:५०

भोलि वैशाख २८ गते मंगलबार कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !