यस्तो रह्यो अध्यक्ष पुष्पकमल दाहालको ५२ औँ एनिभर्सरी, तस्विर सहित!

काठमाडौँ, बैशाख २७ । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनकी पत्नी सीता दाहालको विवाह भएको ५२ वर्ष भएको छ।  ५२ औँ विवाह वर्षगाँठमा अध्यक्ष दाहालकी छोरीले सामाजिक संजाल मार्फत आफ्ना बाबु-आमालाई शुभकामना दिएकी थिइन्। साथै आइतबार बेलुका उनीहरुले सामान्य रुपमा एनिभर्सरी पनि मनाएका छन् ।

गंगाले दुइ तस्विर शेयर गर्दै लेखेकी छिन्, ‘ह्याप्पी एनिभर्सरी बुवा-मम्मी!’ तस्विरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उनकी पत्नी सीता दाहाल र उनीहरूका छोरी रेनु र गंगा दाहाल रहेका छन् । सीता लामो समयदेखि  बिरामी छिन्।

५२ औँ वैवाहिक जिवनको अबसरमा  प्रचण्डकी अर्की छोरी अर्थात् भरतपुर महानगरपालिकाको मेयर रेणु दाहालले पनि तस्विर शेयर गर्दै शुभकामना दिएकी छिन्।  उनले लेखेकी छिन्, ‘५२ औँ बैवाहिक जिबनको अबसरमा आदरणिय बुवा ममिलाई
हार्दिक शुभकामना।’

प्रकाशित : सोमबार, बैशाख २७, २०७८०७:३८

काभ्रेपलाञ्चोकमा निषेधाज्ञा एक हप्ता थप