९ करोड बढी नाफा कमाएको कम्पनीले आईपीओ निष्कासन गर्दै !

काठमाडौं । सर्वसाधारणमा आईपीओ निष्कासनको तयारीमा रहेको सानिमा लाईफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ९ करोड ३६ लाख ८६ हजार खुद नाफा गरेको छ । यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ११ दशमलव ७५ प्रतिशत बढी भएको छ । गत वर्ष यस अवधिमा कम्पनीले रू. ८ करोड ३८ लाख ३८ हजार खुद नाफा गरेको थियो ।

यस वर्ष १५ प्रतिशत बढी कुल आम्दानी गरेको कम्पनीले करीब २७ प्रतिशत बढी कुल खर्च गरेको छ । कम्पनीले यो वर्ष रू. १२ करोड २७ लाख ९० हजार कुल आम्दानी गरेको हो भने रू. २ करोड ९१ लाख ४ हजार खर्च गरेको हो ।

सर्वसाधारणमा रू. ६० करोड बराबरको आईपीओ जारी गर्ने तयारी गरेको कम्पनीको हाल रू. १ अर्ब ४० करोड चुक्तापूँजी रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ६५ प्रतिशत बढी रू. २० करोड ६३ लाख २१ हजार कायम भएको छ ।

जीवन बीमा कोष रकम पनि गत वर्षभन्दा १४८ प्रतिशत बढेर रू. १ अर्ब ९२ करोड ३५ लाख पुगेको छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा १५२ दशमलव ४९ प्रतिशत बढी बीमालेख धितोमा कर्जा प्रवाह गरेको छ ।

प्रकाशित : सोमबार, बैशाख २७, २०७८०८:३३

ओलीको पक्षमा बहुमत नजुट्ने, अगाडी नै राजीनामा दिन सक्ने !