लगातार बढ्दै सुनको मूल्य, आज १८ दिन यताकै महँगो !

काठमाडौँ – आइतबार सामान्य रुपमा बढेको सुनको मूल्य आज पनि बढेको छ। आइतबार तोलामा १ सय रुपैंयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य २ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार कायम भएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैंयाँले नै बढेको छ। आज नेपाली बजारमा तेजाबी सुन ९१ हजार ५ सय रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

सुन १८ दिन यताकै महँगो

आज कायम भएको सुनको मूल्य वैशाख ९ गते पछिकै महँगो रहेको छ। वैशाख ९ गते ९२ हजार २ सय रुपैंयाँमा कारोबार भएपश्चात सुन आजको जति महँगो कुनै पनि दिन भएको थिएन। यस हिसाबले आज सुन १८ दिन यताकै महँगो हो।

चाँदीको मूल्य

आज सुनको मात्र नभई चाँदीको मूल्य पनि बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तोलामा रु १५ ले बढेर चाँदी १३ सय ६० रुपैंयाँमा कारोबार भैरहेको छ।

प्रकाशित : सोमबार, बैशाख २७, २०७८१०:५२

अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज आज बेइजिङ उड्दै !