बार्सिलोनासँग बिच्किएका सुआरेज, बार्सिलोनाका पूर्व सहकर्मीहरु माथि गरेको व्यवहारले सबै चकित !

एजेन्सी – लुइस सुआरेज जति स्तरीय फरवार्ड हुन् त्यति नै विवादमा पनि आइराख्ने खेलाडीमा पर्छन् । बार्सिलोना र एट्लेटिको म्याड्रिडबीच शनिबारको खेलमा पनि उनी विवादरहित रहेनन् । पूर्व क्लबसँग क्याम्प नोउमा भएको खेलमा उनी पहिलो रोजाईमै खेलेका थिए ।

पहिलो हाफमा बार्सिलोनाका मार्क आन्द्रे टेर स्टेगनसँग विवादमा परे । सुआरेजले अघि बढाउँदै गरेको बललाई रोक्न टेर स्टेगन सफल भएका थिए । त्यो घटनामा सुआरेजको टाउकोमा टेर स्टेगनको हातले लागेको थियो । त्यसपछि लडेका सुआरेजले पेनाल्टी अपिल गरे ।

‘हे लुइस’, लडिरहेका सुआरेजमाथि कराउँदै टेर स्टेगन, ‘यसै हुँदैन ।’ रेफ्रीले त्यसमा सुआरेजको सुनुवाई गरेनन् । ‘त्यहि बस’, सुआरेजले टेर स्टेगनलाई जवाफ लडेकै अवस्थामा जवाफ फर्काए, ‘त्यहि बस च्याम्पियन ।’

उनको विवाद त्यतिमै रोकिएन । पूर्व सहकर्मीहरुसँग उनी बारम्बार विवादमा परे । त्यसमा बार्सिलोनाका रक्षक जेरार्ड पिके पनि थिए । ‘तिमी मलाई खोजिरहेका छौं?’, पहिलो हाफमा स्वारेजले पिकेलाई भनेका थिए । सुआरेज सकेसम्म पूर्व सहकर्मीहरबाट टाढा रहने कोसिसमा थिए ।

बराबरीपछि शीर्षस्थानमा रहेको एट्लेटिकोको ३५ खेलबाट ७७ अंक पुगेको छ । दोस्रो स्थानमा रियल म्याड्रिड र तेस्रो स्थानमा रहेको बार्सिलोनाको समान ७५ अंक पुगेको छ । सेभिया ७१ अंक जोड्दै उपाधि होडबाट बाहिरिसकेको छ ।

प्रकाशित : सोमबार, बैशाख २७, २०७८१२:१४

एमबाप्पे नहुँदा कम्जोर भएको पिएसजी, उपाधि होडमा पछि पर्ने अवस्था !