काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा अरहेको सरकार ढलेको छ। प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि केपी शर्मा ओली नेतृत्वमा रहेको सरकार ढलेको हो।
प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन्। विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत गरेको छ।
सोमबार भएको मतदानमा ओलीको पक्षमा मात्रै ९३ मत पर्यो। जम्मा उपस्थित सांसद संख्या २३२ जना रहेकोमा विपक्षमा १२४ मत र मत दिन्न भन्नेमा १५ मत पर्यो। प्रधानमन्त्री पदमा टिकी रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । तर माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित भएनन्।
प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारका लागि संसदको विशेष अधिवेशन बोलाएकी थिइन्।