काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ६ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका २ हजार ७ सय ७५, ललितपुरका ५ सय ५ र भक्तपुरका ३ सय २७ जना छन् ।
यसअघि आइतबार उपत्यकाका ३ जिल्लामा ४ हजार १ सय ९८ जना संक्रमित भेटिएका थिए । जसमा काठमाडौंका ३ हजार १ सय ६१, ललितपुरका ५ सय ३३ र भक्तपुरका ५ सय ४ जना थिए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा रुपन्देहीमा ५ सय ३०, कास्कीमा ४ सय ७३, मोरङमा ३ सय ९९, कञ्चनपुरमा ३ सय ९५, चितवनमा ३ सय ९२, कैलालीमा ३ सय ४०, बाँकेमा २ सय ९५, दाङमा २ सय ४६ तथा मकवानपुरमा २ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ । झापामा १ सय ५४, पर्सामा १ सय ४४, धनुषामा १ सय ४४, काभ्रेमा १ सय २७, कपिलवस्तुमा १ सय १५ तथा पाल्पामा १ सय ८ जना संक्रमित थपिएका छन् ।
यसैगरी सुनसरीमा ९४, महोत्तरीमा ८९, रौतहटमा ७७, नवलपरासी पश्चिममा ७६, अछाममा ७३, धादिङमा ७०, गोरखामा ६२ र उदयपुरमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८१५, प्रदेश २ मा ५ सय ५३, वागमती प्रदेशमा ४ हजार ५ सय २०, गण्डकीमा ७ सय ७३, लुम्बिनीमा १ हजार ५ सय ५७, कर्णालीमा ५६ र सुदूरपश्चिम प्रदेशमा ८ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् ।