ग्रहचक्रमा चार ग्रहको उथलपुथल, १२ राशिलाई नै असर ! कुन राशिलाई कस्तो ? हेर्नुहोस् !

एजेन्सी – शुक्रबार अक्षय तृतीयाको दिन विशेष योग बन्दै छ। त्यस दिन सूर्यले राशि परिवर्तन गरेसँगै वृष राशिमा विशेष योग बन्नेछ। सूर्य वृष राशिमा प्रवेश गरेसँगै बुध, शुक्र र राहु ग्रह एकै राशिमा हुनेछ। यसरी चार ग्रह एकै राशिमा हुँदा चतुर्ग्रही योगको निर्माण हुनेछ। चतुर्ग्रही योग निर्माण हुँदा सम्पूर्ण ग्रहलाई प्रभाव पर्नेछ।

चतुर्ग्रही योगको कुन राशिलाई कस्तो प्रभाव ?

मेष राशि 

चतुर्ग्रही योग मेष राशि हुनेहरुका लागि खासै शुभ हुने देखिँदैन। आर्थिक नुकसान हुने सम्भावना छ। घरेलु समस्या बढ्दा मानसिक तनाव पनि बढ्नेछ। स्वास्थ्यले साथ नदिन सक्ला। साथ-साथै अनावश्यक वादविवाद समेत हुने देखिन्छ।

वृष राशि 

चतुर्ग्रही योग बन्द वृष राशि हुनेहरुलाई मिश्रित लाभ मिल्ने देखिन्छ। राजनीतिक तथा कलाकारिता क्षेत्रमा हुनेहरुका लागि समय लाभप्रद रहनेछ। आर्थिक लाभ सोचे जस्तै मिलेपनि खर्चमा नियन्त्रण आवश्यक रहला। स्वास्थ्यमा भने समस्या आउन सक्ने देखिन्छ।

मिथुन राशि 

चतुर्ग्रही योग मिथुन राशी हुनेहरुलाई आर्थिक रुपमा खासै सुखद रहने देखिँदैन। नसोचेको क्षेत्रमा पनि खर्च हुनेछ। परिवारमा कलह बढ्न सक्ने देखिन्छ। बोलि तथा व्यवहारमा नियन्त्रण राख्नु होला। शिक्षाको क्षेत्रमा भने यस योगले राम्रो प्रतिफल दिनेछ।

कर्कट राशि 

चार ग्रह एकसाथ हुँदा कर्कट राशि हुनेहरुको जीवनमा सकारात्मक परिवर्तन हुनेछन्। कार्यक्षेत्रमा सोचे जस्तै लाभ मिल्नुका साथै धनप्राप्ति हुने देखिन्छ। यधपी महँगा सामानको खरिद देखि भने टाढा रहनु नै उचित हुनेछ भने यात्रा गर्न पनि समय शुभ नरहला।

सिंह राशि 

प्रेमजीवन तथा पारिवारिक जीवनमा चार ग्रहको शुभ प्रभाव रहने देखिच्छ। परिवार मात्र नभई आफन्तजनबाट पनि भरपुर साथ र सहयोग मिल्नेछ। राजनीतिक रुपमा राम्रै सफलता मिल्नेछ। शत्रु देखि भने सावधान रहनु होला।

कन्या राशि 

घन-सम्पत्तिलाई विवाद हुन सक्ने देखिन्छ। पैत्रिक सम्पत्तिका कारण परिवारमा कलह बढ्न सक्ने। व्यापार-व्यवसायमा शत्रुको नजर लाग्न सक्ला। स्वास्थ्यमा पनि चार ग्रहको नकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ। सामाजिक रुपमा भने समय सुखद नै रहनेछ।

तुला राशि 

तुला राशि हरुको जीवनमा मिश्रित परिणाम मिल्ने देखिन्छ। आर्थिक रुपमा मध्यम प्रगति रहला। तर, बढेको खर्चले समस्या पार्नेछ। अरुको चाहना पूरा गर्नको लागि गरिएका खर्चले दुख दिन सक्लान्। स्वास्थ्यलाई लिएर सतर्क रहनु होला। यधपी चार ग्रहको मिलनले रोकिएका कार्य पुनः सुचारु गराउन सक्नेछ।

वृश्चिक राशि 

दाम्पत्य जीवनमा समस्या उत्पन्न हुनेछ। परिवारमा पनि कलब बढ्नेछ। आफ्नै भनिएकाहरुले धोका दिँदा मन विचल्लित रहला। यात्रा गर्नको लागि पनि समय राम्रो नहुने देखिन्छ। नौकरी व्यापरमा सामान्य लाभ मिल्न भने पक्कै सक्ला।

धनु राशि 

धनु राशि हुनेहरुका लागि यो योग धेरै शुभ देखिन्छ। पहिला देखि रहेका सम्पूर्ण आर्थिक समस्या हटेर जानेछन्। आम्दानीका नयन श्रोत फेला पर्न सक्लान्। शत्रु पनि मित्रमा परिणत हुने सम्भावना छ। रोजगारीको क्षेत्रमा मात्र नभई व्यवसायको क्षेत्रमा अपनी अपेक्षा गरिएजस्तै लाभ मिल्ने देखिन्छ।

मकर राशि 

मकर राशि हुनेहरुले चार ग्रहको मिलन हुँदा विभिन्न प्रकारका वाधाको सामना गर्नुपर्नेछ। बन्न लागेका कार्य समेत रोकिने योग छ। सकेसम्म नयाँ कार्य थालनी नगरेकै राम्रो होला। मित्रजन तथा आफन्तजनसँग वैचारिक मतभेद बढ्न सक्ने देखिन्छ।

कुम्भ राशि 

यस योग कुम्भ राशि हुनेहरुका लागि धेरै शुभ रहनेछ। आर्थिक पक्ष बलियो बन्ने देखिन्छ भने नउठेका धन पनि उठ्नेछ। कानुनी रुपमा रहेका समस्या देखि छुटकारा मिल्ने देखिन्छ। जग्गा सम्बन्धि विवाद पनि समाधान भएर जानेछन्।

मीन राशि 

चार ग्रहको मिलन मीन राशि हुनेहरुका लागि आशा गरेजस्तै रहने देखिन्छ। प्रतिष्पर्धाहरुमा सहजै सफलता मिल्दा पराक्रम बढ्नेछ। शत्रु पराजित हुनेछन्। धार्मिक रुपमा पनि समय राम्रो देखिन्छ। चाहेका सम्पूर्ण काम सहजै सफल हुनेछन्। प्रेम जीवनले पनि उर्जा थप्ने देखिन्छ।

प्रकाशित : मङ्गलबार, बैशाख २८, २०७८१३:४३

ग्रहचक्रमा बन्दैछ यस्तो महायोग, कुन राशिलाई कति शुभ ? हेर्नुहोस् !