आज सुन माघ महिना यताकै महँगो ! कति ?

काठमाडौँ – वैशाख लागेयता लगातार बढिरहेको सुनको मूल्य आज पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघमा अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले बढेको हो।

आज भएको मूल्य वृद्धिसँगै छापावाला सुनको मूल्य ९२ हजार ३ सय र तेजाबी सुनको मूल्य ९१ हजार ८ सय रुपैंयाँ कायम भएको छ। यस अगाडी छापावाला सुन आइतबार ९१ हजार ८ सय, सोमबार ९२ हजार तथा तेजाबी सुन आइतबार ९१ हजार ३ सय र तेजाबी सुन ९१ हजार ५ सय रुपैंयाँ थियो।

सुन माघ महिनायताकै महँगो

सुनको मूल्य वैशाख महिना लागेदेखि नै लगातार बढिरहेको छ। आज कायम भएको सुनको मूल्य माघ २० गते यताकै महँगो रहेको छ। माघ २० गते ९२ हजार ६ सय रुपैंयाँमा कारोबार भएदेखि आजको जति महँगो सुन कहिले पनि भएको थिएन।

चाँदीको मूल्य

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चांदीको मूल्य तोलामा रु १५ ले घटेर १३ सय ४५ कायम भएको छ ।

प्रकाशित : मङ्गलबार, बैशाख २८, २०७८१२:००

श्रीमतीको कोरोनाका कारण ज्यान गयो, कसैले सहयोग नगर्दा श्रीमानले यति सम्म गर्नपर्यो !