एम्बाप्पेले क्लब छाडे पीएसजीले यी खेलाडी ल्याउने !

एजेन्सी – नेयमारले पेरिस सेन्ट जर्मेन(पीएसजी)सँगको सम्झौता थपेसँगै किलियन एम्बाप्पेले के गर्ने हुन् भन्ने विषयमा सबैको चासो छ। ब्राजिलियन स्टार नेयमारले पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग थप ३ वर्षको सम्झौता नविकरण गरेको अवस्था छ। यति बेला एम्बाप्पेले भने सम्झौता नथप्ने धेरैले अनुमान गरिरहेका छन्।

विभिन्न रिपोर्टहरुका अनुसार एम्बाप्पे जसरी पनि क्लब छाड्ने मनस्थितमा छन्। एम्बाप्पेले युरोपका अन्य क्लबहरुलाई प्रथामिकतामा राखेको बताइन्छ। एम्बाप्पेको नजरमा रियल म्याड्रिड र लिभरपुल रहेको बताइन्छ।

एम्बाप्पेले विभिन्न अवसरमा दुवै क्लब प्रतिको आफ्नो झुकावलाई सार्वजनिक गरिसकेका छन्। एम्बाप्पे रियल जाने अलि बढी नै सम्भावना रहेको छ भने लिभरपुलका प्रशिक्षकका प्रति रहेको आकर्षणका कारण उनी लिभरपुल जान सक्छन्।

एम्बाप्पेको ठाउँमा सालाह ल्याउने योजना

एम्बाप्पे क्लबमै बस्ने कुरा निश्चित हुन नसक्दा उनको ठाउँमा कसलाई ल्याउन सकिन्छ भन्ने कुराले पिएसजीलाई पिरोलेको छ। फ्रान्सका विभिन्न अखबारका अनुसार पिएसजीले एम्बाप्पे गएको खण्डमा लिभरपुलला मोहम्मद सलाह ल्याउने योजना बनाएको छ।

साटफेरको चर्चा

एम्बाप्प्पे लिभरपुल जाने चर्चा चल्न थालेको धेरै समय भैसक्यो। एम्बाप्पे आफैं पनि लिभरपुल बारे सकारात्मक रहेका कारण चर्चा चल्ने गरेको हो। पछिल्लो खबरका अनुसार एम्बाप्पेलाई लिएर पीएसजी र लिभरपुल बीच साटफेर सम्झौता हुन सक्छ। लिभरपुलमा असन्तुष्ट रहेका भनिएका मोहमद सालाह पीएसजी जाने र एम्बाप्पे लिभरपुल आउने विषयमा कुरा चलिरहेको छ।

ट्रान्सफर बजारको विषयमा पत्रकारिता गर्ने डन्कन क्यासलका अनुसार पीएसजीका मालिकहरु पनि सालाहलाई लिएर सकारात्मक छन्। कतारी लगानीकार्तहरु सालाहलाई पीएसजी ल्याउने कुरालाई लिएर सकारत्मक मात्र नभई गम्भीर पनि रहेको डन्कनको भनाई छ।

एम्बाप्पेलाई बेच्ने निर्णय भएको खण्डमा उनलाई प्रतिस्थापन गर्ने खेलाडी चाहिने र त्यो खेलाडी सालाह भन्दा राम्रो कोहि नहुने डन्कन बताउँछन्। मेस्सी पीएसजी जाने सम्भावना कम हुँदै गएको अवस्थामा पीएसजीका लागी सालाह उत्कृष्ट विकल्प हुने उनले बताए।

प्रकाशित : मङ्गलबार, बैशाख २८, २०७८१५:४५

२१ औं शताब्दीका टप २५ खेलाडीको सूचीमा टप ३ मा पनि परेनन् क्रिस्टियानो रोनाल्डो, को नम्बर १ ?