फुटबल जगतका निकै परिचित नाम हो क्रिस्टियानो रोनाल्डो। पोर्चिगिज राष्ट्रिय टोलीका कप्तान समेत रहेका ३६ वर्षीय रोनाल्डो हाल इटालियन क्लब युभेन्टसबाट व्यावसायिक रूपमा फुटबल खेल्दै आएका छन्। २००२ मा स्पोर्टिंग क्लबबाट फुटबल करियरको सुरुवात गरेका रोनाल्डोले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टसबाट व्यावसयिक फुटबल खेलिसकेका छन्।

५ पटकका ब्यालुन डी ओर विजेताले आफ्नो करियरमा ७७० भन्दा बढी गोल गरिसकेका छन्। उनी फुटबल इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी पनि मानिन्छन्। गोल गर्ने मेशिनको नामले परिचित रोनाल्डोले गयराती ससुलो विरुद्धको खेलमा गोल गर्दै आफ्नो युभे करियरमा १०० गोल पूरा गरेका छन्।

रोनाल्डोलाई इटालियन महारथीको लागि १०० गोल गर्नको लागि मात्र १३१ खेल पर्याप्त भयो। उनी युभे क्लब इतिहासमा सबैभन्दा छिटो १०० गोल गर्ने खेलाडी पनि बनेका छन्। २०१८ मा रियल म्याड्रिडबाट युभेन्टस प्रस्थान गरेका रोनाल्डोले ३ सिजनमा नै १०० गोल गर्न सफल भएका छन्। योसँगै रोनाल्डो युरोपियन टप ५ लिगमा मध्ये ३ लिगका टोली र राष्ट्रिय टोलीका लागि पनि १०० गोल गर्ने पहिलो खेलाडी बन्न सफल भएका छन्।

उनले म्यानचेस्टर युनाइटेडका लागि कुल २९२ खेल खेल्दै ११८ गोल गरेका छन्। २००९ मा तत्कालिन रेकर्ड ट्रान्सफरमा रियल म्याड्रिड आएका उनी स्पेनिस क्यापिटलमा फुटबल जगतको सुपरस्टार बन्न सफल भएका थिए। ५ पटकका च्याम्पियन्स लिग विजेता रोनाल्डोले रियलका लागि ४३८ खेल खेलाडी अविश्वसनीय ४५ओ गोल गर्न सफल भए।

जसपछि उनी २०१८ मा युभे प्रस्थान गरेका थिए, जहाँ उनले १३१ खेलमा १०० गोल गर्न सफल भए। त्यस्तै, उनले पोर्चुगल राष्ट्रिय टोलीका लागि पनि १०० भन्दा धेरै गोल गर्न सफल भएका छन्। राष्ट्रिय टोलीका कप्तान समेत रहेका रोनाल्डोले पोर्चुगलका लागि १७३ खेल खल्दै १०३ गोल गरेका छन्। यस्तोमा, उनले तीन फरक लिगका क्लब र पोर्चुगलका लागि १०० गोल गरिसकेका छन्।

