फेरी ओरालो लाग्यो सुनको मूल्य, एकैदिन तोलामा यतिले घट्यो ! कति ?

काठमाडौँ – बिहिबार सुनको मूल्य घटेको छ। केहि दिन लगातार बढेर बुधबार घटेको सुनको मूल्य बिहिबार पनि घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघमा अनुसार नेपाली बजारमा आज सुनको मूल्य ४ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार ६ सय र तेजाबी चुनको मूल्य ९१ हजार १ सय रुपैंयाँ कायम भएको छ।

यस साता सुनको मूल्य

यस हप्ता सुनको मूल्य गत हप्ताहरुमा भन्दा अली बढी नै महँगो भयो। छापावाला सुनको मूल्य आइतबार ९१ हजार ८ सय, सोमबार ९२ हजार, मंगलबार ९२ हजार ३ सय र बुधबार ९२ हजार रुपैंया थियो।

त्यस्तै तेजाबी सुन आइतबार ९१ हजार ३ सय, सोमबार ९१ हजार ५ सय, मंगलबार ९१ हजार ८ सय र बुधबार ९१ हजार ८ सय रुपैंया थियो। मंगलबार कायम भएको सुनको मूल्य माघ महिना यताकै कम हो।

चाँदी

आज सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघमा अनुसार नेपाली बजारमा आज चाँदीको मूल्य रु १० ले घटेर १३ सय ३५ कायम भएको छ।

प्रकाशित : बिहिबार, बैशाख ३०, २०७८११:४१

सीईडीबी हाइड्रोपावर आईपीओ बाँडफाँड: १५ लाख बढीको हात रित्तै, कतिले पाउँछन् ?