एजेन्सी – प्रत्येक वर्ष वैशाखशुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज मनाइँदैछ । सत्ययुगमा अक्षय तृतीयाका दिन दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । जस कारण विवाहका लागि अक्षय तृतीया लग्न तथा साइत हेर्नु नपर्ने मान्यता रहेको छ ।
हिन्दु धर्ममा अक्षय तृतीयालाई सबै मुहूर्त मध्ये सर्वाधिक शुभ र शुद्ध मुहूर्त मानिएको छ । जुन युवा-युवतीको विवाहमा ढिलाई भईरहेको छ भने अक्षय तृतीयाको दिन यी उपायहरुलाई अपनाउनुहोस् ।
यस प्रयोगलाई अक्षय तृतीयाको शुभ मुहूर्तमा गर्नु पर्दछ ।
१. यो प्रयोग रातको समयमा गर्नु पर्दछ ।
२. पहेलो कपडा ओछ्याएर पूर्व दिशा तर्फ अनुहार फर्काएर बस्नुहोस् ।
३. माता पार्वतीको चित्र आफ्नो अगाडि राख्नुहोस् ।
४. आफ्नो अगाडि सानो टेबलमा एक मुठी गहुँ राख्नुहोस् ।
५. गहुँमा एक विवाह बाधा निवारण यन्त्र राख्नुहोस् र चन्दन या केसरको टीका लगाउनुहोस् ।
६. यी सबै प्रक्रिया पुरा भएपछि तल दिइएको मन्त्रको जप गर्नुहोस्:
पुरुषहरुको लागी
पत्नीं मनोरमां देहि मनोवृत्तानुसारिणीम्।
तारणीं दुर्गसंसारसागरस्य कुलोदभवाम्।।
महिलाहरुको लागी
ॐ गं घ्रौ गं शीघ्र विवाह सिद्धये गौर्यै फट्।
यी मन्त्रलाई अक्षय तृतीया देखी चार दिनसम्म नित्य ३-३ मालाको जप गर्नुहोस् । अन्तिम दिन यस सामग्रीलाई देवी पार्वतीको चरणमा कुनैपनि मन्दिरमा लगेर छोड्नुहोस् । यस्तो गर्दा तपाइको छिट्टो विवाह हुनेछ । यो प्रयोग भक्तिको साथ गर्नुहोस् । यो सिद्ध प्रयोग हो ।