सीईडीबी हाइड्रोपावर आईपीओ बाँडफाँड: १५ लाख बढीको हात रित्तै, कतिले पाउँछन् ?

काठमाडौँ – सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड हुने भएको छ। सीईडीबी हाइड्रोपावरले निष्काशन गरेको प्राथमिक शेयर(आईपीओ)को बाँडफाँड आज हुने भएको हो।

धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका अनुसार सीईडीबी हाइड्रोपावरको आईपीओको बाँडफाँड आज ११ बजे हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम भर्चुअल माध्यमबाट हुने सनराइज क्यापिटल लिमिटेडले जनाएको छ।

कम्पनीले वैशाख १७ गतेदेखि वैशाख २१ गतेसम्म २५ लाख १८ हजार २३० कित्ता आईपीओका लागि आवेदन खुला गरेको थियो। त्यसमध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीका लागि तथा ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो।

बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सर्वसाधारणका लागि खुला गरिएकोमा कुल २ करोड ४७ लाख ७ हजार १०७ कित्ताका लागि आवेदन परेको थियो। आईपीओका लागि परेको आवेदन माग भए भन्दा १०.५२ गुणाले बढी हो।

कतिले पाउँछन् ?

२ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता प्रमाणीकरण भएको र ४८ हजार ३२२ आवेदकबाट परेको १६ लाख ३७ हजार ६५९ प्रमाणीकरण हुन नसकेको सनराइज क्यापिटल लिमिटेडले जनाएको छ। ४ हजार ४४२ आवेदकबाट माग भएको ६१ हजार ३७२ कित्ता अयोग्य भएको सनराइज क्यापिटलले बतायो।

प्रमाणीकरण भएकामध्ये २ लाख ३४ हजार १९५ आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन् भने बाँकी १५ लाख भन्दा बढि आवेदकको हात खाली हुनेछ।

प्रकाशित : शुक्रबार, बैशाख ३१, २०७८०९:३६

आज आइतबार ह्वातै बढ्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!