युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डोले अर्को सिजन इटाली छाड्ने चर्चा चल्दै आएको छ। उनी म्यानचेस्टर युनाइटेड फर्किने वा पोर्चुगल फर्किने दाउमा रहेका बताइएको छ। अहिले रोनाल्डो आफ्नो पहिलो क्लब स्पोर्टिंग क्लबसँग अनुबान्ध हुने चर्चाले बजार तताएको छ।

फुटबल जगतमा निकै उत्कृष्ट करियर बनाउन सफल भएका रोनाल्डोले आफ्नो खेल जीवनको अन्त्य आफ्नो बचपनको क्लबमा गर्न चाहेको केहि रिपोर्टसले लेखेका छन्। धेरैले इटालियन क्लबसँग २०२२ सम्म अनुबन्धित रहेका रोनाल्डो त्यसपछि पोर्चुगल तर्फ लाग्ने विश्वास गरेका थिए। तर स्वयम् रोनाल्डोकी आमा डोलोरेस एभेइरोको एक स्टेटमेन्ट अनुसार रोनाल्डोले पोर्चुगिज क्लबसँग हामीले सोचे भन्दा छिटै अनुबन्ध हुनसक्ने देखाएको छ।

स्पोर्टिंग क्लबले यसै सिजन मात्र १९ वर्षपछि लिग उपाधि जित्न सफल भएको छ। क्लबका सामर्थकलाई अझ खुसीको समाचार भने रोनाल्डोकी आमाले दिइन्। एक समर्थकले बनाएको भिडियोमा एभेइरोले भनेकी छिन्,”म इटाली जानेछ र रोनाल्डोसँग कुरा गर्छु। अर्को वर्ष ऊ अलाभाडेमा खेल्नेछ, म उसलाई मनाउनेछु र उ फर्कनेछ।”
Cristiano Ronaldo will play for Sporting Clube de Portugal next season, according to his mom 👀⏳ pic.twitter.com/trjHZdgA95
— ESPN FC (@ESPNFC) May 13, 2021
रोनाल्डोले आफ्नो पूर्व क्लबले लामो समयपछि लिग उपाधि जितेकोमा सबैलाई बधाई पनि दिएका थिए र एक रिपोर्टका अनुसार उनले हालै मात्र लिस्बोन क्षेत्रमा घर समेत किनेका छन्। के साँच्चै नै रोनाल्डो अर्को सिजन पोर्चुगल फर्किएलान् त ?

