एजेन्सी – दक्षिणपूर्व बेलायतकी २४ वर्षिय बेकी स्टाइल्सको त्यति बेला होश उड्यो, जति बेला उनले छोराको मुखमा ठूलो प्वाल देखिन्। छोराको मुख भित्र प्वाल देखेपछि उनलाई पृथ्वीनै भासिएको भान भयो।
उनी त्यतिबेलै उफ्रिने र रुने गर्न थालिन्। तत्कालै छोराको मुखमा प्वाल रहेको कुरा उनले श्रीमानलाई सुनाइन्। दुवै जना मिलेर बालकको मुखमा हेर्ने कोशिस पनि गरे। तर, बालकले मुख खोल्ने मानेनन्।
त्यतिकैमा बेकीले छोराको मुखमा प्वाल रहेको कुरा आफ्नी आमालाई सुनाइन्। उनकी आमाले छोरालाई तत्काल अस्पताल लैजान सुझाव दिइन्। अस्पताल पुगेर सामान्य चीक गर्दा जे तथ्य निस्कियो त्यसले सबैलाई चकित नै पारिदियो।
बताइएअनुसार, त्यस बालकको मुखमा कुनै पनि प्वाल थिएन। खासमा प्वाल जस्तै देखिएको उक्त चीज प्वाल नभई स्टिकर थियो। अस्पतालका नर्सहरुले बालकको मुखबाट जब स्टिकर निकाले, तब त्यहाँ हाँसो गुन्जियो। त्यहाँ रहेका बेकी र उनका पति मात्र नभई नर्स र अन्य कर्मचारीहरु बीच हाँसोको फोहोर नै फुट्यो।
“मैले त्यसलाई छुने कोसिस गरें तर ऊ चिच्यायो मात्र। राम्रो सँग हेर्न पनि दिएन। म धेरै नै आत्तिएको थिएँ। त्यसैले मैले उसको बाबालाई बोलाएँ।”,बेकी भन्छिन्,”प्वाल भनेर तर्सिएको चीज एउटा स्टिकर निस्कियो।”

