अब यस्तो भएको खण्डमा मात्रै बार्सिलोना बन्नेछ लालिगा च्याम्पियन …

एजेन्सी – बार्सिलोना लालिगा उपाधि दौडबाट लगभग बाहिरिसकेको छ। हालको अवस्थामा बार्सिलोनाले लालिगाको उपाधि जित्ने सामान्य अंकगणितीय सम्भावना देखिएपनि बार्सिलोना उपाधि दौडबाट बाहिरिसकेको भन्न सकिन्छ। ‘

हाल समान खेल खेलेका बार्सिलोना, रियल म्याड्रिड र एटलेटिको म्याड्रिड बीच सामान्य अंकको मात्र अन्तर छ। ३६ खेलबाट बार्सिलोनाले ७६ अंक जोड्दा दोस्रो स्थानमा रहेको रियलको ७८ अंक छ। त्यस्तै एटलेटिको म्याड्रिडको भने ८० अंक छ।

तीनै क्लबले सम्मान दुई खेल खेल्न बाँकी छ। यस्तो अवस्थामा लालिगा उपाधि जित्न बार्सिलोनाले दुवै खेल जितेर मात्र पुग्दैन रियल र एटलेटिकोले बाँकी रहेका खेल हार्नुपनि पर्नेछ। जुन लगभग खासै सम्भव देखिँदैन। एटलेटिकोले एक खेल मात्रै जितेपनि बार्सिलोना लालिगा उपाधि दौड देखि बाहिरिनेछ ।

तीनै क्लबले खेल्न बाँकी रहेका खेल बारे केहि जानकारी निम्न छ –

बार्सिलोनाको बाँकी खेल :

मे १६: सेल्टा भिगोविरुद्ध घरेलु खेल : रातको १०:१५ बजे

मे २३ : एइबारविरुद्ध अवे खेल : रातको ९:४५ बजे

एटलेटिकोको बाँकी खेल :

मे १६ : ओसासुनाविरुद्ध घरेलु खेल : रातको १०:१५ बजे

मे २३ : रियल भालाडोलिडविरुद्ध अवे खेल : रातको ९:४५ बजे

रियलको बाँकी खेल :

मे १६ : एथ्लेटिक बिल्बाओविरुद्ध अवे खेल : रातको १०:१५ बजे

मे २३ : भिल्लारियलविरुद्ध घरेलु खेल : रातको ९:४५ बजे

प्रकाशित : शुक्रबार, बैशाख ३१, २०७८१७:१४

यी खेलाडी भन्छन् – “फिर्मिनोलाई छैन गोलको लोभ, उनी जस्तो निस्वार्थी फरवार्ड देखेकै छैन”