काठमाडौँ – सरकारले देशभरका विभिन्न अस्पतालहरुलाई पूर्ण कोभिड केन्द्रित अस्पतालको रुपमा परिणत गर्ने निर्णय गरेको छ। सरकारले देशभरमा ८१ वटा अस्पताललाई कोभिड-१९ को उपचारमा केन्द्रित गर्नेगरी सम्झौता गरेको हो।
सरकारले सम्झौता गरेका अस्पतालहरु मध्ये प्रदेश १ का तीन, प्रदेश २ का पाँच र बागमती प्रदेशका ३७ अस्पताल रहेका छन्। त्यस्तै सरकारले गण्डकी प्रदेशका पाँच, लुम्बिनी प्रदेशका १०, कर्णाली प्रदेशका तीन र सुदूरपश्चिमका १८ अस्पताल रहेका छन्।
सम्झौता भएका अस्पतालहरुमा कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था सरकारले मिलाउनेछ। ती अस्पतालमा कोभिड बिरामीको उपचारमा लाग्ने खर्च बेहोर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
अस्पतालहरुको सूची निम्न छ –

श्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

