आज जेठ १ गते शनिबार कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

विचारको अस्थिरताले बाधा उत्पन्न गर्नेछ।  रोजगार-व्यवसाको क्षेत्रमा  प्रतिस्पर्धी वातावरण रहनेछ। नयाँ काम गर्न प्रेरित हुनु हुनेछ। बौद्धिक र लेखन कार्यको लागि शुभ दिन रहला।  महत्वपूर्ण निर्णय गर्नुपुर्व सल्लाह  सुझाव लिन नै उत्तम रहनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मनमा दुविधा रहनाले ठोस निर्णय लिन गाह्रो हुनेछ। परिणाम स्वरूप हातमा आएको अवसर गुमाउनु हुनेछ। लेखक, कारीगर, कलाकारले आफ्नो प्रतिभा प्रदर्शन गर्नेछ। नयाँ कार्य प्रारम्भ नगर्नुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको दिन लाभदायक साबित हुनेछ। बिहानी ताजा र खुशी अनुभुति हुनेछ। साथी र आफन्तसँग मिलेर  उत्तम भोजनको मज्जा लिनुहुनेछ। आर्थिक लाभ हुनुको साथै कैयौँ ठाउँबाट उपहार प्राप्त गर्नुहुनेछ। सबैसँग  रमाईलो  क्षण बिताउनुहुनेछ। विवाहित जीवन अनुकूल रहला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शरीर र मनमा  बेचैनी तथा अस्वस्थ अनुभव गर्नुहुनेछ। मनमा शंका र दुविधाको कारण निर्णय गर्न गाह्रो हुनेछ। विशेष रूपले परिवारको सदस्यसँग मनमुटावको प्रसंग बन्नाले मन उदास रहनेछ। आमाको स्वास्थ्य चिन्ताको कारण बन्नेछ। पैसा खर्च हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

विविध लाभ हुनेछ। मनको ढिलापनले कैयौँ लाभबाट वन्चित गर्नेछ। मित्र – मण्डल र महिला र वृद्दबाट लाभ उठाउनु हुनेछ। व्यवसायमा  पदोन्नति र आय वृद्धि हुने योग रहेको छ। दाम्पत्यजीवनमा जीवनसाथीसँग  अनुभव गर्नुहुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

नयाँ कार्यहरू सुरु गर्नको लागि योजना कार्यान्वयन गर्न उत्तम समय रहेको हो। व्यापारमा लाभ हुनेछ। रोजगारीको पदोन्नति हुन सक्ला। पिताको तर्फबाट विशेष लाभ हुनेछ। परिवारमा आनन्द र उत्साहको  वातावरण रहनेछ। घरायसी मेलमिलाप हुन् सक्ला । सरकारी काम पूरा गर्नुको साथै स्वस्थ रहेर दिन बिताउनु हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

लामो दूरीको यात्रा वा धार्मिक स्थानमा जानुहुनेछ। विदेश यात्राको लागि अनुकूल दिन रहेको छ। तैपनि  तपाईंलाई  आफ्नो सन्तान र स्वास्थ्यको बारेमा चिन्ता रहनेछ । उच्च अधिकारी र सहकर्मीहरूको सहयोग मिल्नेछैन।  विपक्षी वा प्रतिस्पर्धीहरूसँग गहिरो छलफल नगर्नुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईले दिन सावधानीपूर्वक बिताउनु पर्ने हुन्छ। नयाँ कामको थालनी नगर्नुहोला।  क्रोधावेश र अनैतिक आचरणले कठिनाईमा पुर्याउन सक्ला। समयमा नै भोजन नमिल्दा दिन खल्लो जस्तो अनुभुति हुनेछ। राजकीय अपराधी प्रवृत्तिबाट टाढा रहनुको साथै नयाँ सम्बन्ध बनाउनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

बौद्धिक, तार्किक, विचार विनिमय र लेखन कार्यको लागि शुभ दिन रहको छ । मनोरन्जन, भ्रमण, साथीसँग भेटघाट , सुन्दर खाना र लुगा, विपरीत लिंगीय व्यक्तिसँग निकट हुनाले दिन रमाइलो र रोमाञ्चक रहनेछ । सहभागितामा फाइदा हुन्छ। जीवनसाथीसँगको सम्बन्ध घनिष्ठ रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

व्यापार- धन्दाको विकास हुनेछ। आर्थिक रूपले लाभदायक दिन हुनाले पैसाको लेन-देनमा सरलता रहनेछ। परिवारमा सुख- शान्तिको माहोल रहनेछ। कार्यकर्ता  तथा अधीनस्थ मान्छेबाट  सहयोग  मिल्नेछ। माईती पक्षबाट शुब समाचार मिल्नेछ। प्रतिस्पर्धिलाई पराजित गर्न सफल रहनुहुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाई सन्तान र स्वाथ्यको विषयमा चिन्तित रहनुहुनेछ। अपचको समस्या हुन सक्ला।  विचार परिवर्तन हुनाले मानसिक स्थिरतामा बाधा उत्पन्न गर्नेछ। नयाँ कार्य आरम्भ नगर्नु नै फाईदाजनक साबित हुनेछ। यात्रामा कैयौँ कठिनाइ हुन सक्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

शारीरिक- मानसिक भय रहनेछ रहनेछ । कुटुम्बसँग वाद  -विवाद हुनेछ। आमाको स्वास्थ्य खराब हुन सक्ला। अनावश्यक घटनाहरूले  उत्साह कम गर्नेछ । धन र प्रसिद्दिले हानि होला। स्त्री मित्रबाट टाढा बस्नु नै रहनु राम्रो हुनेछ।

प्रकाशित : शुक्रबार, बैशाख ३१, २०७८२३:३१

भोलि जेठ २ गते आईतबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !