एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले लियोनेल मेस्सीलाई भन्दा पनि अर्लिङ ब्राउट हालाण्डलाई प्राथमिकतामा राख्ने भएको छ। एक खेल संचार माध्यमका अनुसार बार्सिलोनाले मेस्सीलाई भन्दा पनि हालाण्डलाई प्राथमिकतामा राख्ने भएको हो।
बार्सिलोनासँग रहेको मेस्सीको सम्झौता यहि वर्ष सकिँदैछ। मेस्सी बार्सिलोनामै बस्छन् अथवा क्लब छाड्छन् भन्ने कुराको अहिले सम्म टुंगो लागिसकेको छैन।
बार्सिलोनाका नवनियुक्त अध्यक्ष जोआन लापोर्टाले मेस्सीलाई क्लबमै राख्न सक्दो प्रयास गर्ने बताइसकेलप भएपनि मेस्सीले बार्सिलोना नछाड्लान् भन्न सकिने अवस्था छैन। लापोर्टाले मेस्सीलाई क्लबमा अड्याउन सम्पूर्ण प्रयास गर्ने बताइन्छ। तर पछिल्लो एक रिपोर्टका अनुसार क्लबले मेस्सीलाई भन्दा पनि हालाण्डलाई प्राथमिकतामा राखेको छ।
क्लबले मेस्सीसँग नयाँ सम्झौता गर्ने मात्र नभई हालाण्डलाई भित्र्याउने योजना बनाएको ‘द सन’ले जनाएको छ। यधपी क्लबको आर्थिक अवस्थाका कारण मेस्सीसँग नयाँ सम्झौता गर्ने र हालाण्डलाई क्लबमा भित्र्याउने कार्य एकै सिजनमा हुन नसक्ने निषकर्षमा बार्सिलोना पुगेको बताइन्छ। जसकारण बार्सिलोनाले मेस्सीसँग नयाँ सम्झौता गर्ने भन्दा पनि हालाण्ड भित्र्याउने कुरालाई प्राथमिकतामा राखेको छ।
दर्जन बढी खेलाडी बेच्ने योजनामा बार्सिलोना
चरम आर्थिक समस्याका कारण बार्सिलोनाले आउने ट्रान्सफर विन्डोमा १४ जना सम्म खेलाडी बेच्ने योजना बनाएको स्पेनिस संचार माध्यमहरुले जनाएका छन्। १४ जना खेलाडीहरुलाई बिक्रिमा राख्ने र मिल्दो बोलि लागेको खण्डमा सबैलाई बेच्ने बार्सिलोनाको योजना छ।
बार्सिलोनाले बिक्रि गर्न चाहेको खेलाडीहरुको पूर्ण सूची सार्वजनिक नभएपनि त्यसमा नेटो, शमूएल उमिती, जूनियर फिर्पो , फिलिप कौटिन्हो जस्ता खेलाडी छन्।