पल शाहको आक्रोश: ४०० को अक्सिजन नदिएर लाश जलाउनेलाई १००० रुपैया भत्ता?

काठमाडौँ, जेठ १ । नेपाली मोडल तथा नायक पल शाह यतिबेला कोरोना महामारीससंग  जुधिरहेका मानिसहरुको लागि अक्सिजन सिलिन्डर खोजेर वितरण गर्न व्यस्त छन्। कोरोनाको दोस्रो लहरले नेपाल पनि अछुत नरहेपछि देशभरका अधिकांश जिल्लामा लकडाउन भएको थियो । लकडाउन भएसंगै नायक पल शाह र उनका टिम  दिनरात नभनी नेपालका थुप्रै जिल्लामा अक्सिजन वितरणमा लागि परेका छन् । अहिले  उनि बारा जिल्लाको जितपुरमा छन्।

त्यस्तै कोरोनाको कारण हरेक दिन  थुप्रै मानिसको निधन भएको छ । थुप्रै कोरोना संक्रमितले अक्सिजनको हाहाकारले ज्यान गुमाईरहदा नेपाल सरकारले  भने संक्रमितको शव जलाउने कर्मचारीलाई १  हजार प्रोत्साहन भत्ता दिने निर्णय गरेपछि नायक पल शाह आक्रोशित भएका छन्। यो निर्णय पर्यटनमन्त्री भानुभक्त ढकालले गरेका हुन्।

अक्सिजन वितरणमा दिनरात नभनी लागिपरेका पलले सामाजिक संजालमा आक्रोशित हुदै लेखेका छन्, “सरकारले ४०० रुपैयाको अक्सिजन दिन छोडेर जनता तिमी मर, म तिम्रो लाश जलाउनको लागी १००० रुपैयाँ थप भत्ता दिनेछु… !! वाह सरकार तिम्रो नियत !!

सन्दर्भ : आज सरकारले ४०० रुपैयाको अक्सिजन नपाएर म्रुत्यु भएका लाश जलाउनेलाई थप १००० रुपैया भत्ता दिने बारे .. (कोभिडको कारणले मृत्यु हुने सम्पूर्ण आमा बुवा, दाजुभाई, दिदीबहिनी प्रती भावपूर्ण श्रदान्जली !! मृतकका आफन्त प्रती भागवानले धैर्य धारण गर्ने शक्ती प्रदान गरुन !!)”

प्रकाशित : शनिबार, जेठ ०१, २०७८१६:१७

तयार भयो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट, हरेक पसलमा उपलब्ध हुने