आखिर किन तमिलको केटासँग बिहे गर्न चाहन्छिन रश्मिका? यस्तो छ रहस्य!

‘नेशनल क्रश’ अर्थात्  रश्मिका मंदानालाई नचिन्ने कमै होलान्। उनले आफ्नो अभिनय र सुन्दरताले करोडौँलाई घायल पारेकी छन्। उनको सामाजिक सञ्जालमा पनि निकै प्रशंशक छन्। उनले  तमिल, तेलुगू, कन्नड  फिल्म इंडस्ट्रीमा काम गरेकी छन्। थुप्रै मान्छे  रश्मिका मंदानासँग बिहे गर्न चाहन्छन् तर अभिनेत्रीले तमिल केटासँग मात्र बिहे गर्ने बताएकी छन्।

रश्मिकाले २०१६ सालमा रिलीज भएको कन्नड फिल्म ‘किरिक पार्टी’ बाट कन्नड़ फिल्म इंडस्ट्रीमा  डेब्यू गरेकी थिइन्। हालै अभिनेत्रीले फिल्म सुल्तानबाट तमिल फिल्म इंडस्ट्रीमा डेब्यू  गरेकी छन्। उनले यस फिल्ममा गाउँको केटीको भूमिका निभाएकी थिइन्।

फिल्मको शूटिंगको क्रममा  रश्मिकाले तमिल संस्कृति र खासगरी यहाँको खानाबाट आकर्षित भएको बताएकी थिइन्।  कुरैकुरामा उनले केवल तमिल केटासँग बिहे गर्ने बताएकी थिइन् ।

रश्मिकाले भनेकी थिइन् ,”म तमिलनाडुको संस्कृतिबाट निकै प्रभावित छु। मलाई तमिलको खाना निकै मनपर्छ र यो निकै स्वादिष्ट हुन्छ। आशा छ कि मेरो बिहे तमिलको केटासँग हुनेछ र म तमिलनाडुको छोरी बन्नेछु। ” उनको यो  कुरा सुनेर लाखौँ फ्यानको मन दुखेको थियो।

रश्मिका मंदाना सामाजिक सञ्जालमा लगातार आफ्नो सुन्दर फोटो साझा गरिरहन्छिन्। रश्मिकालाई प्राय  ट्रेडिशनल र वेस्‍टर्न लुकमा देख्न सकिन्छ। रश्मिकाको अहिलेसम्म १० ओटा फिल्म रिलिज भएपनि उनको अभिनयको निकै चर्चा हुन्छ।

प्रकाशित : आइतबार, जेठ ०२, २०७८१६:१९

हिना खानको ट्रेडिशनल लुक्समा फिदा भए फ्यान, हेर्नुहोस केहि तस्विरहरु!