काठमाडौँ, जेठ २। प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता सुरू भएको छ । ओली र नेपालबीच आइतबार दिउँसो पार्टीभित्र देखिएका विवाद समाधान गर्न र कार्यदल बनाउने लगायत विषयमा कुराकानी भएको हो ।
२०७५ जेठ २ को संरचनाअनुसार पार्टी संचालन हुनुपर्ने भन्दै माधव कुमार नेपालले अडान राखिरहेका छन्। गत शुक्रबारको बैठकले ओली र नेता नेपाललाई कार्यदल बनाउने अधिकार दिइएको थियो।
तीन कोरोना सङ्क्रमितको मृत्यु
नुवाकोटमा आज कोरोना सङ्क्रमित तीन जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमित भएर त्रिशूली अस्पतालमा उपचार गराउँदै आएका दुई र होम आइसोलेशनमा रहेका एकजनाको मृत्यु भएको हो ।
अस्पतालको सघन उपचार कक्षमा उपचाररत विदुर नपा–४ की ४३ वर्षीया महिला र अस्पतालको आइसोलेशन वार्डमा उपचाररत किस्पाङ गापा–५ का ३३ वर्षीय एक पुरुषको मृत्यु भएको अस्पतालका प्रमुख डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमित भएर उपचाररत दुवै जनाको आज बिहान मृत्यु भएको हो ।
यस्तै शिवपुरी गापा–४ सिक्रेमा कोरोना सङ्क्रमित ६१ वर्षीया एक महिलाको आज बिहान मृत्यु भएको छ । आफ्नै घरको होम आइसोलेशनमा बस्दै आएकी ६१ वर्षीया महिलाको श्वासप्रश्वासमा समस्या देखिएसँगै आज बिहान मृत्यु भएको सोही वडाका वडाध्यक्ष झमकराज गुरुङले जानकारी दिनुभयो ।
नुवाकोटभित्र कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या योसहित आठ पुगेको छ । कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या हाल ७३७ रहेको छ ।

