तौकते चक्रवातले उग्र रुप लिँदै, नेपालमा कस्तो रहला असर ? मौसमविद्को यस्तो चेतावनी !

काठमाडौँ – हाल पूर्वीमध्य अरब सागरमा विकसित हुने क्रममा रहेको अति शक्तिशाली चक्रवात् तौकते ‘TaukTae’ को असर नेपालमा पनि पर्ने भएको छ।

उक्त चक्रवात हाल उत्तर-उत्तरपश्चिम तिर बढ्ने क्रममा रहेको उक्त शक्तिशाली चक्रवात्को प्रत्यक्ष प्रभाब नेपालमा नपरेतापनि केहि असर नेपालको भूभागमा पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सो सम्बन्धमा महाशाखाले सूचना जारी गर्दे सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। महाशाखाका अनुसार सो प्रणालीका कारण मंगलबारबाट देशका धेरै स्थानहरूमा सामान्य देखी पूर्ण बदलीको सम्भावना रहेको छ।

साथै बुधबार बेलुकाबाट शुक्रबारसम्म कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मेघगर्जन / चट्याङ /हावाहुरी र असिना-पानीको समेत सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ।

प्रकाशित : आइतबार, जेठ ०२, २०७८१९:४४

धमाधम थप हुँदै निषेधाज्ञा !