प्रयोग गर्न जाने धेरै स्वास्थ्य समस्याको रामवाण हो पुदिना !

पुदीनाको प्रयोग स्वाद र औषधी गुनको लागि गरिन्छ। तर यसलाई खासगरी गर्मीमा खाँदा धेरै फाईदादायक हुन्छ। यो गर्मीमा थाहा पाउनुहोस् पुदिनाको प्रयोग गर्नुको फाईदा !

प्रयोग-

१. पेटको गर्मीलाई कम गर्नको लागि पुदिनाको प्रयोग निकै फाईदादायक हुन्छ। यसबाहेक पेट सम्बन्धित अन्य समस्याबाट पनि राहत पाउन सकिन्छ। यसले  कुनै पनि अन्य असर हुदैन।

२. दिनभरी बाहिर बस्ने व्यक्तिलाई पैताला पोल्ने समस्या हुन्छ। त्यसकारण फ्रिजमा राखेको पुदिनालाई पिसेर पैतालामा लगाउनुहोला। यसरी पैतालामा लगाउदा पोल्न कम हुन्छ।

३. सुख्खा वा गिलो  पुदीनाको छाछ , दही, काँचो आँप मिसाएर पिउँदा पेट पोल्ने समस्या कम हुन्छ। तातो हावा र हीटस्ट्रोकबाट पनि सुरक्षा हुनेछ।   चिसो  हवाओं और लू से भी बचाव होगा।

४ . यदि तपाईलाई बारम्बार टंसिल्स हुन्छ  भने पुदिनाको रसमा  सादा पानी मिसाएर  पिउँदा फाइदादायक हुनेछ ।

५ . गर्मीमा पुदिनाको अचार सधैँ सेवन गर्नाले स्वास्थ्यमा फाईदा हुन्छ। पुदीना, मरिच, हींग, विरे नुन, किसमिस , जीरा,छोकडा सबै मिसाएर अचार पिस्नुहोला। यो अचारले पेटको रोगलाई कम गर्छ र स्वादिष्ट हुन्छ। भोक नलाग्नु वा अरुचि हुँदा यो अचार खानुहोला  ।

६. पुदिना वा अदुवाको रस  महमा मिसाएर खाँदा खोकी ठीक हुन्छ।

७.पुदिनाको पातको लेप लगाउनाले कैयौँ प्रकारको रोगबाट छुटकारा पाउन सकिन्छ। यसको लेपले घाउ निको हुन्छ।

८ .पुदिनाको नियमित रूपले सेवन गर्नाले जन्डिस जस्ता रोगबाट बच्न सक्षम हुनुको साथै मूत्र रोग जस्ता समस्याको लागि निकै लाभदायक हुन्छ।  पुदिनाको पात पिसेर  पानी र कागतीको रससँग पिउनाले शरीरको आन्तरिक सफाई हुनेछ ।

९. यदी तपाईलाइऐ लगातार हिचकीको समस्या हुन्छ भने पुदिनामा चीनी मिसाएर बिस्तारै चपाउनुहोला। केहि क्षणमा हिचकीबाट छुटकारा पाउन सकिन्छ।

१०.यस बाहेक गर्मीमा पुदिनाको लेप अनुहारमा लगाउनाले छालाको ताप समाप्त हुन्छ र ताजा अनुभव  गर्नुहुनेछ।

प्रकाशित : सोमबार, जेठ ०३, २०७८२२:०१

शङ्ख फुक्दा बढ्छ फोक्सोको क्षमता, मिल्छन् अन्य फाइदा पनि !