अदुवा,लसुन र बेसार मिलाएर यसरी बनाउनुहोस् इम्युनिटी बढाउने चिया !

कोरोनासँग लड्न इम्‍यूनिटीले ठुलो भूमिका खेल्छ।  यदि तपाईको इम्‍यूनिटी बलियो छ भने कोभिडले खासै नराम्रो असर गर्दैन  यदि तपाई शरीरलाई बलियो बनाउन चाहनुहुन्छ भने अदुवा -लसुन र  बेसारबाट बनेको चिया पिउनुहोस्।

हामीलाई थाहा छ यो समयमा  इम्युनिटी बढाउन निकै जरुरी रहेको छ।  स्वास्थ्य विशेषज्ञहरु पनि पटकपटक  इम्यूनिटीलाई बलियो बनाउन जोड  दिन्छन्। राम्रो इम्यूनिटीले कीटाणुबाट बचाउँछ भाइरल इन्फेक्सनको खतरा पनि कम गर्छ। यधपी इम्यूनिटीलाई एक दिने बलियो गाह्रो छ। तर केहि चीजको प्रयोग गरेर यस प्रक्रियालाई सरल बनाउन सक्छौ।  इम्यूनिटी बढाउनको लागि सही खाद्य पदार्थ खाना निकै  जरूरी रहेको छ। थाहा पाउनुहोस्  अदुवा,लसुन र बेसारले कसरी बढाउँछ  इम्यूनिटी !

सामग्री-

  • दूइटा लसुनको टुक्रा
  • आधा ईन्च अदुवा
  • आधा चम्चा पाउडर
  • १.५ कप पानी

कसरी बनाउने अदुवा,लसुन र बेसारको चिया

स्टेप १  : थोरै पानीमा अदुवा , लसुन र बेसारको पेस्ट मिसाउने ।

स्टेप २: पानी र पेस्टलाई मिसाएर ५ मिनेटसम्म उमालनुहोस् ।

स्टेप ३ : एक कपमा चिया छान्नुहोला र  स्वाद बढाउनको लाग मह वा कागती हाल्न सक्नुहुन्छ।

लसुनको फाईदा

लसुनले जुनपनि व्यंजनको सुगन्ध बढाउँछ। जुन जरूरी पोषक तत्वले भरिपूर्ण हुन्छ। लसुनमा अधिक मात्रामा  सल्फर र एन्टीबायोटिक गुण पाईन्छ। यसले पाचनलाई बढाउँछ र शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मदत्त गर्छ। साथै फ्लू पनि टाढा हुन्छ।

अदुवा

अदुवामा जिंजेरल नामक सक्रिय यौगिक हुन्छ जुन एन्टीपायरेटिक र एन्टीब्याक्टीरियल गुणले भरिपूर्ण हुन्छ। अदुवाले इम्यूनिटी बढाउनुको साथै पेटलाई स्वस्थ राख्छ र पाचनलाई बलियो बनाउँछ। यसबाहेक यसले जोर्नीको दुखाई कम गर्छ र फ्लूबाट लड्न पनि मदत्त गर्छ।

बेसार

बेसार औषधीय गुणले भरिपूर्ण हुन्छ जसको प्रयोग चिसो मौषममा गरिन्छ  । यो कैयौँ पोषक तत्वले भरिपूर्ण हुन्छ। बेसारमा करक्यूमिन नामक एक्टिभ कम्पाउन्ड, एन्टीअक्सीडेन्ट, एन्टी इन्फ्लेमेटरी र ब्याक्टीरियल गुण पाईन्छ। यसले ज्वरो र फ्लूबाट बच्न मदत्त गर्छ र लिभर  डिटक्स गरेर  इम्यूनिटी बढाउँछ  ।

प्रकाशित : सोमबार, जेठ ०३, २०७८२१:५६

कोरोनाबाट रिकभर हुने क्रममा के खाने के नखाने ?