गोलरक्षक एलिसनको यो उत्कृष्ट गोल, जसले लिभरपुललाई जितायो ! [भिडियो सहित]

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुलले राति महत्वपूर्ण खेल जितेको छ। शिर्ष ४ मा रहनको लागि जित्ने पर्ने खेलमा लिभरपुलले वेस्ट ब्रोमविच आल्बियनलाई २-१ को गोल अन्तरले पराजित गरेको हो।

खेलको शुरुवातमै पछि परेको लिभरपुलले खेल सकिनै लाग्दा जित सुनिश्चित गर्यो। लिभरपुलको जितमा मोहमद सलाह र एलिसन बेकरले गोल गरे। रब्सन कानुले १५ औं मिनेटमा माथिअस परेराको असिस्टमा गोल गरेपछि लिभरपुल पछि पारेको थियो।

३३ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले साडियो मानेको पासमा गोल गरेका थिए। आइतबार रातिको गोलसँगै सलाहको प्रिमियरलिग गोल संख्या २२ पुगेको छ।

सलाहले गोल गरेपश्चात कुनै पनि टिमबाट गोल हुन सकेन। इन्ज्युरी समयको लिभरपुलले पाएको कर्नरमा एलिसनले गोल गर्न सफल भए। ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको कर्नरलाई एलिसनले गोलमा परिणत गरेका गरेका थिए।

च्याम्पियन्स लिगका लागि क्वालिफाइ हुने सम्भवाना जिवितै

आइतबारको जीतसँगै लिभरपुल शिर्ष ४ मा परेर च्याम्पियन्स लिगका लागि क्वालिफाइ हुने सम्भावना थप बलियो बनेको छ। हाल लिभरपुलको ६३ अंक छ। लिभरपुल भन्दा अगाडी रहेका चौथो स्थानको चेल्सीको ६४ र तेस्रो स्थानको लेस्टरको ६६ अंक छ। दुवै अर्को साता एक-अर्का बीच खेल्दैछन्। लिभरपुलको च्याम्पियन्स लिग सम्भावना आउने हप्ता थप स्पष्ट हुनेछ।

प्रकाशित : सोमबार, जेठ ०३, २०७८०९:१८

मदन–आश्रित स्मृति दिवसमा ओलीले सम्झिए माओवादीसँगको एकता !