टिभी अभिनेत्री दिव्यांका त्रिपाठी दर्शकबीच निकै चर्चित छिन्। उनले चर्चा टिभी सिरियल ‘ये हैं मोहब्बतें ‘ बाट सफलता पाएकी थिइन्। हाल दिव्यांका त्रिपाठी ‘खतरों खिलाडी ‘ को लागि केपटाउनमा छिन्। ‘ खतरों के खिलाडी ११ ‘ को भ्रमणमा अभिनेत्री रमाइलो गरिरहेकी छन्।

उनले यस भ्रमणबाट पहिले पनि थुप्रै फोटो र भिडियो पोस्ट गरेर तहल्का मच्चाई सकेकी छन्। यसबाहेक हालै अभिनेत्रीले आफ्नो इंस्टाग्राममा शूटिंगको फोटो साझा गरेकी थिइन्, जसमा उनी निकै रमाईलो गरिरहेकी छन्।

फोटोमा दिव्यांकाले गाढा निलो कपडा लगाएकी छन् जसमा उनले हरियो रङको ज्याकेट लगाएर अलग-अलग पोज दिईरहेकी छन्। दिव्यांकाको अनुहारमा खुशी स्पष्ट देख्न सकिन्छ।

अभिनेत्रीले क्यापशनमा लेखेकी छन् ,’तपाईंसँग छनोट गर्न धेरै विकल्प छन्, भने तपाईं भाग्यमानी हुनुहुन्छ। यी मेरा हालका मनपर्ने फोटोहरू हुन्।’ लेखेकी छन्।

अभिनेत्री गुलाबी ड्रेसमा बिना मेकअपको फोटो साझा गरेकी छन्। यस फोटोमा उनलाई निकै सरल र सुन्दर देखिएको छ। अभिनेत्रीले यी फोटोको क्यापशनमा ‘गहिरो समुद्र जस्तो अनन्त ईच्छा ‘ लेखेकी छन्।

योभन्दा पहिला केपटाउन पुगेपछि दिव्यांका त्रिपाठीले रातो साडीमा केहि फोटो र भिडियो साझा गरेकी थिइन्। रातो साडीमा अभिनेत्रीलाई निकै सुन्दर देखिएको थियो। उनको फोटो अभिनव शुक्लाले खिचिरहेका थिए। उ नी ‘ सूरज हुआ मध्यम ‘ गीतमा नाचिरहेकी थिइन्।

‘खतरों के खिलाडी ‘ को सीजन ११ मा दिव्यांका त्रिपाठी बाहेक श्वेता तिवारी, सना मकबूल, निक्की तंबोली, अभिनव शुक्ला र राहुल वैद्य पनि छन्। थुप्रै फ्यान सीजन निकै रोचक हुने बताएका छन्।


