“अब बार्सिलोनाले च्याम्पियन्स लिग जित्न सक्दैन, च्याम्पियन्स लिग जित्ने भए मेस्सीले बार्सिलोना छाड्नै पर्छ”

एजेन्सी – अर्जेन्टिना राष्ट्रिय फुटबल टिममा पूर्व सदस्य मारियो केम्पेसले लियोनेल मेस्सीलाई बार्सिलोना छाडेर अन्यत्र जाने विषयलाई गहन रुपमा विचार गर्न सुझाव दिएका छन्। एक खेल मिडियासँग कुराकानी गर्नेक्रममा केम्पेसले स्पेन बाहिर गएर खेल्ने विषयमा मेस्सी खुला हुनुपर्ने बताए। केम्पेसका अनुसार मेस्सीले अन्य देशका लिगमा पनि आफूलाई परीक्षण गर्नुपर्छ।

“मेस्सीले बार्सिलोना छाड्ने नछाड्ने विषयमा राम्रोसँग विचार गरेर निर्णय लिनु पर्छ।”,मारियोले भने,”बार्सिलोना छाड्न गार्हो भएपनि स्पेन बाहिर नयाँ चुनौतीको सामना गर्न उनी तयार हुनुपर्छ।”

यस्तै मारियोले बार्सिलोनामा तत्काल व्यापाक सुधार हुने अवस्था आफूले नदेखेको पनि बताए। बार्सिलोना क्लबमा तत्काल सुधार नहुने मात्र नभई बार्सिलोना च्याम्पियन्स लिगको दाबेदारको रुपमा तत्काल नउदाउने पनि उनले दावी गरे।

मारियोका अनुसार आर्थिक समस्याका कारण पनि बार्सिलोनाले तत्काल उत्कृष्ट टिम बनाउन सक्ने सम्भावना छैन। बार्सिलोनामा रहेर मेस्सीले च्याम्पियन्स लिग जित्न नसक्ने दावी उनको छ। उनले भने,”उनी बार्सिलोनामा अत्यन्त सहज महसुस गर्छन्। तर, उनलाई बार्सिलोनामा रहेर च्याम्पियन्स लिग जित्न सकिँदिन भन्ने कुरा स्पष्टसंग थाहा छ।

मारियोले मेस्सी म्यानचेस्टर सिटि, पेरिस सेन्ट जर्मेन(पीएसजी) र बायर्न म्युनिख जस्ता क्लबमा जानुपर्ने पनि बताए। बार्सिलोना छाडेर अन्यत्र गए मात्र मेस्सीले च्याम्पियन्स लिग जित्ने उनको भनाई छ।

“मेस्सी म्यानचेस्टर सिटि, पेरिस सेन्ट जर्मेन(पीएसजी) र बायर्न म्युनिख जस्ता क्लबमा जानुपर्छ। यी क्लब आर्थिक रुपमा सवल छ, र उनीहरुसंग सफल हुने टिम पनि छ।”, मारियोले भने।

प्रकाशित : सोमबार, जेठ ०३, २०७८१६:३२

एटलेटिको च्याम्पियन बन्ने सम्भावना कति ? यस्तो छ जित, हार र बराबरीको फाइनल हिसाबकिताब !