ग्रहहरुको राजा सूर्य ग्रह १४ मे राति ११ बजेर ३६ मिनेटबाट मेष राशिबाट वृष राशिमा प्रवेश गरिसकेको छ। यस राशिमा सूर्य १५ जुन २०२१ सम्म रहनेछ। सूर्य ग्रहको वृष राशिमा गोचर हुनाले केहि राशिलाई शुभ रहनेछ भने ५ राशिका लागि अशुभ साबित हुनेछ । यस्तो अवस्थामा, यी राशिका मूल निवासीहरूलाई सावधानी अपनाउन सल्लाह दिइन्छ। ती ५ राशि यस प्रकार छन्:-
वृष राशि
स्वराशीमा गोचर हुने सूर्यको प्राभावका कारण यस राशिका मानिसले शारीरिक कष्ट तथा स्वास्थ्य सम्बन्धि समस्याको सामना गर्नुपर्नेछ। यस्तो अवस्थामा तपाईले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु पर्छ। यद्यपि अन्य क्षेत्रमा भने तपाईंले शुभ फल प्राप्त गर्नुहुनेछ। समाजमा सम्मान बढ्नेछ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्ति मिल्नेछ।
मिथुन राशि
सूर्यको गोचरको नकारात्मक प्रभावको कारण तपाईंको आर्थिक क्षेत्रमा सामस्या आउनसक्छ। यस अवधिमा उच्च खर्चले पनि आर्थिक संकट निम्त्याउन सक्छ। अनावश्यक झै-झगडाबाट टाढा नै रहनुहोला। साथी-भाईबाट सप्रिय समाचार मिल्नसक्छ। आँखा, कान, घाँटीको समस्याले सताउन सक्छ, सजग रहनुहोला। परिवारमा कलह बढ्न नदिनुहोस्।
तुला राशि
गोचरको अशुभ प्रभाव तपाईंको स्वास्थ्यमा पर्न सक्छ। त्यसैले, यस समयमा स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक रहन्छ। कानुनी मामिलामा नपर्नुहोला, अन्यथा तपाईं पराजित हुनुहुनेछ। कठिन परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ। आगो, विष र औषधीको प्रतिक्रियाबाट बच्नुहोला।
धनु राशि
तपाईंको लागि पनि सूर्यको गोचार खासै शुभ नरहला। यस अवधिको मध्यमा कसैलाई अधिक पैसा ऋण नदिनुहोस्, अन्यथा आर्थिक नोक्सानको सम्भावना हुनेछ। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ। आफन्त तथा साथी-भाईबाट अशुभ खबर प्राप्त हुनसक्छ।
कुम्भ राशि
सूर्यको गोचरको नकारात्मक प्रभावका कारण पारिवारिक कलह तथा मानसिक अशान्तिको सामना गर्नु पर्ने हुनसक्छ। होशियारीका साथ यात्रा गर्नुहोस् र तपाईंको सामानहरू चोरीबाट जोगाउनुहोस्। आफन्त तथा साथी-भाईसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। घर-जग्गा तथा सम्पत्ति सम्बन्धि समस्या आउनसक्छ।