पछिल्लो २४ घण्टामा ९ हजार भन्दा धेरै संक्रमित थपिए, मृत्यु हुनेको सङ्ख्या ५ हाजर माथि !

नेपालमा पछिल्लो २४ घन्टामा ९ हजार २४७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २२ हजार ८७ जनाको परीक्षण गर्दा ९ हजार २४७ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । योसँगै देशभर कोरोना संक्रमण हुनेको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ।

२१ हजार ६५३ को पीसीआर गर्दा ९ हजार १९८ र ४३४ जनाको एन्टीजेन गर्दा ४९ जनामा कोरोना पुष्टि भएको हो । कूल सङ्क्रमितमध्ये हाल १ लाख  १३ हजार ४८० सक्रिय सङ्क्रमित छन् । त्यस्तै कूल सङ्क्रमितमध्ये ३ हजार ९८ जना मात्र काठमाडौँ उपत्यकामा भेटिएका छन् । काठमाडौँमा २ हजार ३४६, ललितपुरमा ४५४ र भक्तपुरमा २९८ सङ्क्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएअनुसार २१४ सङ्क्रमितको मृ-त्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म मृ-त्यु हुने सङ्क्रमितको सङ्ख्या ५ हजार २१५ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : सोमबार, जेठ ०३, २०७८१७:२४

भेन्टिलेटर, अक्सिजन प्लान्ट बनाउन भक्तपुरका यी तीन अस्पताललाई ८ करोड!