ब्यालुन डी ओर पावर र्यान्किंग: चिप्लिए मेस्सी, रोनाल्डो टप १० बाहिर !

२०२० मा पहिलो पटक रद्द भएको ब्यालुन डी ओर अवार्ड २०२१ मा फर्किनेछ। वर्षको अन्तिम महिनामा प्रदान गरिने यस अवार्ड वर्षभरकै प्रदर्शनका आधारमा प्रदान गरिनेछ। पछिल्लो पटकका विजेता लियोनल मेस्सी नै फेरी एक पटक विजेता बन्छन् वा रोनाल्डोले मेस्सीको बराबरी गर्न सफल हुन्छन् ? वा अरु नै कोहि नयाँ विजेता मिल्नेछ ? ब्यालुन डी ओरको दौडमा अहिलेको समयमा को सबैभन्दा अगाडी छ त ? गोलले यसको पावर र्यान्किंग सार्वजनिक गरेको छ। जान्नुहोस् हाल ब्यालुन डी ओरका टप १० दाबेदार…….

१०. एर्लिंग हालान्ड (बिरुसिया डर्टमुण्ड)

अघिल्लो समय: एघारौं

२०२१ मा: २२ गोल, ९ असिस्ट, डीएफपी पोकाल उपाधि

९. फिल फोडेन (म्यानचेस्टर सिटी)

अघिल्लो समय: नवौं

२०२१ मा: ९ गोल, ७ असिस्ट, प्रिमियर लिग र काराबो कप उपाधि

८. इलकाइ गुन्डुवान (म्यानचेस्टर सिटी)

अघिल्लो समय: आठौँ

२०२१ मा: १४ गोल, ६ असिस्ट, प्रिमियर लिग र काराबो कप उपाधि

७. एन्गोलो कान्ते (चेल्सी)

अघिल्लो समय: सातौँ

२०२१ मा:  १ असिस्ट

६. रोमेलु लुकाकु (इन्टर मिलान)

अघिल्लो समय:  छैठौं

२०२१ मा: १६ गोल, ७ असिस्ट, सेरी-ए उपाधि

५. लियोनल मेस्सी (बार्सिलोना) 

अघिल्लो समय: चौंथो

२०२१ मा: २८ गोल, ९ असिस्ट, कोपा डेल रे उपाधि

४. रुबेन डियाज (म्यानचेस्टर सिटी)

अघिल्लो समय: पाचौं

२०२१ मा: १ गोल, १७ क्लिन सिट, प्रिमियर लिग र काराबो कप उपाधि

३. रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख)

अघिल्लो समय: तेस्रो

२०२१ मा: ३० गोल, ४ असिस्ट, बुन्डेसलिगा र क्लब वर्ल्डकप उपाधि

२. केभिन डी ब्रुएन (म्यानचेस्टर सिटी)

अघिल्लो समय: दोस्रो

२०२१ मा: ८ गोल, ७ असिस्ट, प्रिमियर लिग र काराबो कप उपाधि

१. किलियन एम्बाप्पे (पीएसजी)

अघिल्लो समय: पहिलो

२०२१ मा: २६ गोल, ३ असिस्ट, ट्रफी डेस च्याम्पियन उपाधि

प्रकाशित : सोमबार, जेठ ०३, २०७८१८:४९

युभेन्टसका खेलाडी रोनाल्डोसँग रुष्ट, क्रिस्टियानो माथि लाग्यो यस्तो आरोप !