एम्बाप्पे भर्सेस हलाण्ड: को उत्कृष्ट भनेर सोध्दा रोनाल्डोले दिए गज्जबको जवाफ !

एजेन्सी – म्यानचेस्टर युनाइटेड तथा पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले केहि सिजन चम्कँदैमा खेलाडी उत्कृष्ट नबन्ने बताएका छन्। एक खेल मिडियासँग कुराकानी गर्नेक्रममा रोनाल्डोले केहि सिजनको प्रदर्शन हेरेर कुनै पनि खेलाडीलाई अन्य खेलाडीसँग तुलना गर्न नसकिने बताएका हुन्।

अर्लिङ ब्राउट हालाण्ड र किलियन एम्बाप्पे मध्ये को उत्कृष्ट भन्ने प्रश्नको उत्तर दिनेक्रममा रोनाल्डोले कुनै पनि एक खेलाडीलाई उत्कृष्ट भन्न नसकिने बताए।

रोनाल्डोले भने,”मात्रै एक खेलाडीलाई उत्कृष्ट छ भन्न गार्हो छ। तर, एम्बाप्पे र हलाण्ड जस्ता नयाँ पुस्ताका खेलाडीहरु अगाडी बढिरहेको देख्दा धेरै खुशी लाग्छ।”

केहि खेलाडी एक वा दुई सिजन मात्र चलेपनि पछि गएर गुमनाम हुने रोनाल्डोले बताए। धेरै लामो समय सम्म खेलमा टिकिरहन धेरै मेहनत गर्नुपर्ने रोनाल्डोको भनाई छ।

“केही खेलाडीहरूले एक वा दुई सिजन गज्जब खेल्छन्। तर वास्तवमै उत्कृष्ट खेलाडीहरू ती हुन् जो सिजन पछि सिजन राम्रो खेल्छन्। र यो सजिलो छैन। यसको लागि धेरै मेहनत र धेरै प्रतिबद्धता चाहिन्छ।”,रोनाल्डोले आफ्नो धारणा राख्दै भने।

त्यस्तै रोनाल्डोले आफू महान र परिश्रमी खेलाडी रुपमा लामो समय सम्म स्मरण भइरहने विश्वास पनि व्यक्त गरेका छन्। रोनाल्डोका अनुसार मानिसहरुले उनलाई लामो समय सम्म स्मरण गर्नेछन्। रोनाल्डोले आफू फुटबलको इतिहाँसको एक हिस्सा हुने बताए।

प्रकाशित : सोमबार, जेठ ०३, २०७८२०:०६

के रोनाल्डोले युभे छाड्ने निर्णय गरिसके ? दिए यस्तो संकेत [भिडियो सहित]