काठमाडौँ – जेठ लागेपछि लगातार बढिरहेको सुनको मूल्य आज पनि बढेको छ। जेठको पहिलो दिन तोलामा ९ सय रुपैंयाँले बढेर आइतबार ३ सय रुपैंयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य ६ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९३ हजार ४ सय कायम भएको छ।
नेपाली बजारमा आज तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैंयाँले नै बढेको छ। आज तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आज सुन पुस महिना यताकै महँगो
आज कायम भएको सुनको मूल्य पुस महिना यताकै महँगो रहेको छ। आज कायम भएको सुनको मूल्य पुस २४ गते अर्थात १ सय ३० दिन यताकै महँगो रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य
सुन मात्र नभई आज चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु ३५ ले बढेर १३ सय ९० कायम भएको छ।

