यी ५ युवतीलाई प्रेममा पारेर धोका दिए सलमान खानले !

बलिउडका दबंग भनेर चिनिने सलमान खान ५४ वर्षका भए। तर यो उमेरसम्म पनि उनले विवाह गरेका छैनन्। पछिल्लो समय सलमानको फिल्म ‘राधे’ अनलाइन प्ल्याटफर्ममा रिलिज भएको छ। सलमानको यो फिल्मले दर्शकलाई निकै निराश तुल्याएको छ।

५४ वर्षसम्म पनि अविवाहित रहेका सलमान खानको नाम भने थुप्रै युवतीसँग जोडिए। कतिपय मानिसले त उनलाई धोके-बाजसम्म भन्ने गर्छन्। उनले युवतीहरुसँग रोमान्स गर्ने अनि पछि धोका दिने गरेको बताइन्छ। बलिउडमा सफल भएसँगै उनको नाम धेरै युवतीसँग जोडियो तर कुनै पनि युवतीसँग सलमानले विवाह भने गरेनन्। आज हामी तपाईंलाई केहि अभिनेत्रीको बारेमा बताउँछौं जोसँग सलमानले रोमान्स त गरे तर विवाह भने गरेनन्….

ऐश्वर्य राय 

 

संजयलीला भन्सालीको फिल्म ‘हम दिल दे चुके सनम’ को सेटबाट एक-अर्काको नजिक आएका सलमान र ऐश्वर्यको प्रेम सम्बन्धको बारेमा हर कोहिलाई थाहा छ। सलमानले ऐश्वर्यसँग रोमान्स त गरे तर उनीहरुको प्रेम सम्बन्ध सफल भएर र यी दुई स्टार छुट्टिए। ऐश्वर्य अहिले अभिषेक बच्चनसँग विवाहित छिन्।

कट्रिना क्याफ 

कट्रिना बलिउडमा सफल हुनुमा सलमानको निकै ठूलो हात रहेको छ। ‘मैने प्यार क्यूँ किया’ फिल्मबाट यी दुई बीच प्रेम चक्कर सुरु भएको चर्चा रहेको थियो। धेरै पटक कट्रिनालाई सलमानको घरमा समेत देखिएको थियो। यी दुई बीचको सम्बन्ध सलमानको रिसालु स्वभावको कारण टुटेको भन्ने गरिन्छ। कट्रिना सलमानलाई छाडेर रनबीर कपूरसँग प्रेममा परिन् जुन सम्बन्ध पनि अहिले छैन। अहिले यी दुई राम्रा साथी हुन्।

संगीता बिजलानी 

संगीता सलमानको पहिलो गर्ल्फ्रेन्ड हुन्। सलमानले बलिउडमा छाप बनाउने प्रयास गरिरहँदा संगीता चर्चित मोडल थिइन्। विज्ञापनको सेटबाट सुरु भएको यी दुई मित्रता पछि प्रेममा परिवर्तन भयो। संगीता सलमानसँग विवाह गर्न चाहन्थिन् तर सलमान तयार भएनन्। पछि यी दुईको ब्रेक-अप भयो।

सोमी अली  

सलमान खानको प्रेममा पागल रहेकी सोमी उनलाई भेट्न भनेर नै १६ वर्षको उमेरमा मुम्बई आएको बताइन्छ । जसपछि बिसतारै दुबैको चिनजान भयो र निकटता बढ्यो। सलमानले पनि सोमीलाई निकै मन पराउँथे। आठ वर्ष एक-अर्कालाई डेट गरेपछि सलमानले सोमासँग विवाह गर्न मानेनन्, जसको कारण यी दुईको सम्बन्ध टुट्यो।

युलिया भान्तुर  

रोमानियाकी सुन्दरी युलियाको नाम पनि सलमानसँग धेरै पटक जोडियो तर उनीहरु बीच के सम्बन्ध थियो भन्ने कसैलाई थाहा भएन। धेरै पटक उनलाई सलमानसँग देखिएको थियो। उनीहरुले एर-अर्कासँग इन्गेजमेन्ट समेत गरेको भन्ने पनि चर्चा आयो तर अहिले यी दुई बीचको सम्बन्धको बारे चर्चा छैन।

प्रकाशित : मङ्गलबार, जेठ ०४, २०७८१५:०३

यति धेरै सुन्दर र बोल्ड छिन् गोविन्दाको भान्जी आरती, बेडरूम फोटोशूटका तस्विर भए सार्वजनिक !