भोलि जेठ ५ गते बुधबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् भोलिको राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आफन्तसँग उग्र चर्चा नहोस् यस कुराको ध्यान राख्नुहोला। शारीरिक र मानसिक रूपले निराश रहनुहुनेछ। निन्द्राको कारण स्वास्थ्य बिग्रन सक्ला। बौद्धिक चर्चा प्राप्त गर्नुहुनेछ। सकेसम्म भ्रमण नगर्नुहोला।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

भावनाको बन्धनमा  बाधिएको  अनुभव गर्नुहुनेछ। कार्य सम्पन्न हुनाले आनन्द वृद्दि हुनेछ। भाइबहिनीबाट  लाभ  प्राप्त हुनेछ। शारीरिक र मानसिक रूपले प्रफुल्लित रहनुहुनेछ। आर्थिक लाभ हुनेछ। मध्यान्नपछि विपरित स्थिति हुनेछ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

नकारात्मक मानसिक व्यवहार नराख्नुहोला। असन्तोषको भावनाले मन ग्रस्त रहनेछ। पारिवारिक वातावरण मेलमिलाप हुनेछ। पढाई-लेखाईमा विधार्थीको मन लाग्नेछैन। नयाँ कम नगर्नुहोला। प्रतिस्पर्धि विजयी बन्नेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भावनाको प्रवाहमा नबहनुहोला। छोटो यात्रा वा भ्रमण हुन सक्ला। तपाईको स्वास्थ्य स्वस्थ रहनेछ। मध्यान्नपछि तपाईको मनमा निराश भावना रहनेछ। अनैतिक प्रवृत्तिको कारण मन भ्रष्ट नहोस यस कुराको ध्यान राख्नुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कुनै पनि निर्णय लिन अप्ठ्यारो हुनेछ। त्यसैले  अत्यावश्यक निर्णय नलिनुहोला। परिवारको कामको लागि पैसा खर्च हुनेछ। बोलीमा ध्यान दिनुहोला। मध्यान्नपछि मित्र र आफन्तसँग भेट हुनाले मन प्रसन्न  रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईको दिन मध्यम फलदायी रहेको छ। शारीरिक र मानसिक रूपले सुखशान्तिमा रहनेछ। व्यावसायिक क्षेत्रमा  वातावरण अनुकूल रहनेछ। मध्यान्नपछि मनको स्थिति दुविधापूर्ण रहनेछ। कुनै पनि महत्वपूर्ण निर्णयले बाधा उत्पन्न  हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

पारिवारिक वातावरण रमाइलो रहनेछ। परिवारका सदस्यसँग  प्रेम सम्बन्ध सरल रहनेछ। घरको सजावटमा  परिवर्तन हुनेछ। मानसिक स्वस्थतामा  वृद्धि हुनेछ। व्यापारमा उच्च अधिकारीबाट आर्थिक लाभ हुनेछ। लगनशील भई आर्थिक योजना अघि बढाउन सक्षम रहनुहुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

भाग्यवृद्धि हुने योग रहेको छ। विदेश स्थित आफन्तबाट समाचार प्राप्त  गर्नुहुनेछ। शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ रहनेछ। धन लाभ  होला। व्यापारमा पदोन्नति हुनेछ। प्रत्येक कार्यहरू सफल हुनुको साथसाथै पूर्ण हुनेछ। आमासँग सम्बन्ध राम्रो रहनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

बिहानको समयमा तपाईको शारीरिक स्वास्थ्य स्वस्थ रहनेछ। निषेधात्मक विचारले नकारात्मक रूपमा स्वास्थ्यमा असर पर्नेछ। वैचारिक स्तरमा ध्यान राख्नुहोला। आर्थिक कठिनाइ महसुस हुनेछ।  शारीरिक र मानसिक स्वस्थताबाट  प्रफुल्लित रहनुहुनेछ। व्यवसायिकले व्यवसायबाट फाइदा प्राप्त गर्नुहुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाई परिवारको  सदस्यसँग रमाइलो यात्राको आनन्द लिनुहुनेछ। मध्यान्नपछि तपाईको मनमा निराशा  रहनेछ। अधिक खर्च हुनाले तनावपूर्ण स्थिति रहनेछ। सरकारी काममा अवरोध आउनेछ। अनैतिक कार्य सम्बन्धित अभ्यासमा  जाँच राख्नुहुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

दिन शान्तपूर्वक बिताउनु हुनेछ। पारिवारिक जीवनमा पनि आनन्द हुनेछ। शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ रहनेछ। व्यावसायिक क्षेत्रमा प्रसिद्दि प्राप्त गर्नुहुनेछ।  छोटो यात्रा हुन सक्ला। नयाँ लुगा र गहनामा खर्च हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

विजातीय आकर्षण  हुन सक्ला। कुनै  पनि व्यक्तिसँग बौद्धिक छलफल वा बहस  हुन सक्नेछ। नयाँ काम सुरु नगर्नुहोला। मध्यान्नपछि स्थितिमा  आकस्मिक सुधार हुनेछ। शारीरिक र मानसिक रूपले  स्वस्थ अनुभव गर्नुहुनेछ। व्यावसायिक कार्यालयमा सानुकूल वातावरण रहनेछ।

प्रकाशित : मङ्गलबार, जेठ ०४, २०७८१९:२१

आज जेठ ५ गते बुधबार , कस्तो रहला तपाईको दिन? हेर्नुहोस् आजको राशिफल !