नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, भारतबाट सरेको खुलासा !

काठमाडौँ – नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट फैलिएको पुष्टि भएको छ। नेपालका विभिन्न स्थानमा कोरोना संक्रमितबाट संकलित ३५ वटा नमूनाहरुको जिन सिक्वेन्सिङ गर्नेक्रममा नेपालमा नयाँ भेरियन्ट फैलिएको पुष्टि भएको हो।

नेपालमा कोरोनाको नयाँ भेरियन्ट फैलिएको पुष्टि भएको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दे जानकारी गराएको छ।

विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्विसिङ गर्दा नेपालमा तीन भेरियन्ट कोरोना फैलिएको पत्ता लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका आनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ।

भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङले नेपालमा देखिएका नयाँ भेरियन्ट भारतमा पहिलो पटक भेटिएका भेरियन्ट रहेको देखाएको मन्त्रालयका सह प्रवक्ताले जनाए।

“विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणासमेत गरिसकेको छ। हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुबाट पाइएको छ । त्यसैले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेबार बनी जनस्वास्थ्यका मापदण्डहरुको पालना गराउन भूमिका बढाउन सबैको जानकारी लागि विनम्र अपिल गर्दछौँ ।”,विज्ञाप्ति जारी गर्दे मन्त्रालयले भनेको छ।

प्रकाशित : मङ्गलबार, जेठ ०४, २०७८१९:५१

स्विट्जरल्याण्डले नेपाललाई स्वास्थ्य सामग्री पठाउने