एजेन्सी – जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमण्ड ठूलो संघर्ष पश्चात अर्काे सिजनको लागि च्याम्पियन लिगका लागि छनोट भएको छ । केहि दिन अगाडी मेइन्जलाई उसकै मैदानमा ३–१ ले पराजित गरेसँगै डर्टमन्ड शीर्ष चारमा रहेर अर्काे सिजनको लागि च्याम्पियन लिगका लागि छनोट भएको हो।
डर्टमण्डले जारी सिजनमा खास प्रदर्शन गर्न सकेन। जाडोन सान्चो र एर्लिङ ब्राउट हालाण्ड जस्ता युवा खेलाडी भएपनि डर्टमण्डले यस सिजन शिर्ष चारमा पर्नका लागि ठूलै संघर्ष गर्नुपर्यो। युरोपका ठूला क्लबहरुले आँखा लगाएका खेलाडी भएर पनि शिर्ष चारमा पर्न क्लबले संघर्ष गर्नुपरेको विषयलाई धेरैले आश्चर्यका साथ हेरेका छन्।
हालाण्ड डर्टमण्डमै ?
फुटबलका जानकारीहरुका अनुसार डर्टमण्ड च्याम्पियन्स लिगका लागि क्वालिफाइ नभएको भए हालाण्डले क्लब छाड्ने उच्च सम्भावना थियो। तर, डर्टमण्ड च्याम्पियन लिगका लागि छनोट भएसँगै उक्त सम्भावना क्षिण बनेको छ। च्याम्पियन्स लिग खेलका लागि भएपनि आउने ट्रान्सफर विन्डोमै हालाण्ड अन्यत्र जाने तयारीमा रहेको भएपनि अहिले आएर त्यो सम्भावना कम भएको बताइन्छ।
बार्सिलोनालाई झड्का
पछिल्लो केहि समय देखि हालाण्ड माथि बार्सिलोनाले नजर राखेको खबर आइरहेका छन्। एक समाचारका अनुसार बार्सिलोनाले मेस्सीलाई भन्दा पनि हालाण्डलाई प्राथमिकतामा राखिरहेको छ। तर, डर्टमण्डले च्याम्पियन लिगमा ठाउँ बनाएसँगै हालाण्डलाई भित्र्याउने योजना सफल बनेको छ।

