फेरी दोस्रो पटक पनि गयो भूकम्पको ठुलो धक्का!

काठमाडौँ,  जेठ ५ । आज बिहान  फेरी दोस्रो पटक काठमाडौ‌ लगायतका  आसपासका अन्य भागमा  भूकम्पको कडा धक्का महसुस भएको छ ।

आज  बिहान करिब ५  बजेर ४२  मिनेटमा भूकम्पको धक्का गएको  थियो भने फेरी ८ बजेर २६ मिनेटमा दोस्रो पटक भुकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार पछिल्लो भुकम्प ५.३ म्याग्निच्यूडको गएको हो।

दुबै  पटक लमजुङको भुलभुले आसपास केन्द्र बिन्दु  बनाएर भूकम्प गएको हो । लमजुङमा बिहानदेखि लगातार पराकम्प गइराखेको गइराखेको बताइएको छ। पहिलो पटकको भुकम्प ५.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

बुधबार बिहान काठमाडौँसहित छिमेकी जिल्ला तनहुँ, लमजुङ, गोरखा, कास्की, मनाङ, चितवन, धादिङ समेत केहि जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । बिहानको भूकम्पबाट ३  घरमा क्षति हुँदा एकजना व्यक्ति घाइते भएको  छ ।

भुकम्पको धक्कापछि केही मानिसहरु घरबाहिर  निस्किएका थिए ।

 

प्रकाशित : बुधबार, जेठ ०५, २०७८०८:३१

आज बिहानको भूकम्पमा ५ जना घाइते, भत्कियो १० घर!