हिजो १ सय ३० दिन यताकै महँगो भएको सुनको मूल्य आज घट्यो ! कति ?

काठमाडौँ – जेठ लागेपछि लगातार बढिरहेको सुनको मूल्य आज घटेको छ। जेठको पहिलो दिन देखि नै केहि दिन लगातार बढेको सुनको मूल्य आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य १ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९३ हजार ३ सय रुपैंयाँ कायम भएको छ।

नेपाली बजारमा आज तेजाबी सुनको मूल्य पनि तोलामा १ सय रुपैंयाँले नै घटेको छ। आज तेजाबी सुन प्रतितोला ९२ हजार ८ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस अगाडी छापावाला सुन आइतबार ९२ हजार ५ सय, सोमबार ९२ हजार ८ सय र मंगलबार ९३ हजार ४ सय रुपैंयाँ थियो भने तेजाबी सुन आइतबार ९२ हजार, सोमबार ९२ हजार ३ सय र मंगलबार ९२ हजार ९ सय रुपैंयाँमा कारोबार भएको थियो।

हिजो पुस महिना यताकै महँगो भएको थियो सुन

मंगलबार सुन पुस महिना यताकै महँगो भएको थियो। हिजो कायम भएको सुनको मूल्य पुस महिना यताकै महँगो रहेको थियो। हिजो कायम भएको सुनको मूल्य पुस २४ गते अर्थात १ सय ३० दिन यताकै महँगो रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य

सुन मात्र नभई आज चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु २० ले घटेर १३ सय ७० कायम भएको छ।

प्रकाशित : बुधबार, जेठ ०५, २०७८११:३२

१ सय ३२ दिन यताकै महँगो भयो सुन !