रोनाल्डोले युभेन्टस छाड्ने निर्णय गरिसके, कता जालान् ?

युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब छाड्ने निर्णय गरेको बताइएको छ। पोर्चुगिज स्ट्राइकर हाल युभेन्टसका प्रमुख र सबैभन्दा महत्वपूर्ण खेलाडी रहेका छन् जसले निरन्तर रूपमा महत्वपूर्ण गोल गर्दै आएका छन्। उनले केहि दिन अघि मात्र क्लबका लागि १०० गोल पूरा गरेका थिए।

२०१८ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट इटाली आएका रोनाल्डोको क्लबसँग २०२२ सम्म सम्झौता रहेको छ। तोडोफिकाजेसको एक रिपोर्ट अनुसार ३६ वर्षीय रोनाल्डोले क्लबसँग अनुबन्ध भएको तीन वर्षपछि इटाली छाड्ने निर्णय गरेका हुन्।

युभेन्टसले च्याम्पियन्स लिग जित्नको लागि रोनाल्डोलाई १०० मिलियन तिरेर भित्र्याएको थियो तर रोनाल्डोको आगमन पछि क्लब एक पटक पनि प्रतियोगिताको सेमी-फाइनल चरणमा पनि पुग्न सकेको छैन। यस्तोमा, यस सिजन क्लब लगातार ९ वर्ष देखि जित्दै आएको सेरी-ए उपाधि पनि जित्न असफल भएको छ। रोनाल्डोले क्लबका लागि उल्लेखनीय रूपमा गोल गरे पनि त्यसले क्लबको सफलता पक्का नगरेकोले रोनाल्डोले क्लब छाड्न चाहेको भन्ने बुझिएको छ।

यस सिजन युभेन्टस च्याम्पियन्स लिगमा स्थानको लागि पनि संघर्ष गरिरहेको छ। लिगमा एक खेल बाँकी रहँदा ओल्ड लेडी पाँचौं स्थानमा रहेको छ। अर्को सिजनको च्याम्पियन्स लिगको लागि छनौट हुनको लागि क्लबलाई अन्तिम खेल जित्ने पर्ने दबाब रहेको छ।

र अब केहि रिपोर्टसका अनुसार रोनाल्डोले युभे छाड्ने निर्णय गरेकोले टुरिनबाट आफ्ना सामानहरु निकाल्न सुरु गरिसकेका छन्। केहिदिन अघि मात्र उनको ग्यारेजबाट गाडीहरु कार्गो कम्पनीको भ्यानमा हाल्दै गरेको भिडियो भाइरल भएको थियो। रोनाल्डोलाई अनुबन्ध गर्नको लागि अहिलेको समयमा स्पोर्टिंग क्लब लिस्बोन र फ्रेन्च क्लब पीएसजी अगाडी रहेको बताइएको छ।

प्रकाशित : बिहिबार, जेठ ०६, २०७८११:३६

अन्तराष्ट्रिय जर्सीमा नदेखिने भए मिस्टर. ३६० एबी. डी ,सन्यास फिर्ता नलिने पक्का !