कोरोनाले सबै गोलकिपर बाहिरएपछि किपर बनेर उत्रिए चोटग्रस्त अर्जेन्टिनी मिडफिल्डर, पाए ‘म्यान अफ द म्याच’

गयराती कोपा लिबेटडोरेस (दक्षिण अमेरिकी शीर्ष देशका शीर्ष क्लब बीचको प्रतियोगिता) मा रिभर प्लेट र सान्टा एफएको खेल निर्धारित थियो। तर खेल अघि रिभर प्लेटका २० जना खेलाडी कोभिड संक्रमणको चपेटामा आए। क्लबको स्क्वाडमा रहेका सबै ४ जना गोलकिपरलाई कोरोना संक्रमण भएको कारण मुख्य प्रशिक्षकसँग मैदानमा उतार्नको लागि एक पनि गोलकिपर भएनन्।

२० खेलाडी संक्रमित पछि पनि क्लबलाई जसरी पनि उक्त खेल खेल्न भनियो। रिभर प्लेट मैदानमा पनि उत्रियो तर क्लबसँग ११ जना भन्दा एक पनि बढी खेलाडी थिएनन् र गोलकिपरको रूपमा चोटग्रस्त मिडफिल्डर एन्जो पेरेज उत्रिए। मात्र ११ खेलाडीका साथ मैदानमा उत्रिएको रिभर प्लेटले उक्त खेलमा सान्टा एफएलाई २-१ को गोल अन्तरले पराजित गर्न सफल भयो।

तुलनात्मक रूपमा सान्टा क्लबले भन्दा निकै फितलो प्रदर्शन गरेको रिभर प्लेटको लागि हिरो बन्न पुगे गोलकिपर एन्जो पेरेज जो खेलको म्यान अफ द म्याच समेत घोषित भए। रिभर प्लेटको विरुद्ध ७० % बल आफ्नो पक्षमा राख्न सफल भएको सान्टा एफएले विपक्षीको पोस्टमा २२ सट प्रहार गरेको थियो भने पेरेजले ५ उत्कृष्ट बचाउ गर्दै क्लबलाई अप्रत्याशित जीत दिलाउन सफल भए।

खेलको सुरुवाती समयमा निकै नै आकर्षक सुरुवात गरेको रिभर प्लेटले आफ्ना दुबै गोल खेलको सातौँ मिनेट भित्र गरेको थियो। क्लबका लागि फ्याब्रीजियो एंगेरीले तेस्रो मिनेटमा गोल गर्दै रिभर प्लेटलाई अग्रता दिलाएका थिए भने खेलको छैठौं मिनेटमा जुलियन अल्भारेजले अग्रता दोब्बर परेका थिए। ७३ औं मिनेटमा सान्टाका केल्भिन ओसोरियोले गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काउने प्रयास गरेता पन्नी पेरेजको उत्कृष्ट प्रदर्शनले रिभर विजयी भयो।

यस जीतसँगै रिभर प्लेट समूह डी को शीर्ष स्थानमा उक्लन सफल भएको छ भने सान्टा एफए अझै पनि जीत बिहिन रहँदै तालिकाको पुछारमा रहेको छ।

प्रकाशित : बिहिबार, जेठ ०६, २०७८१४:०५

“मेस्सीले फुटबल मैदानमा जे गर्छन् अरुले भिडियो गेम खेल्दा पनि गर्न सक्दैनन्”