भारतमा कोरोना संक्रमितमा आँखाको ज्योति नै गुम्ने प्रकोप देखा पर्यो, अर्को महामारीको घोषणा !

कोरोना महामारीको कारण अहिले पूरा विश्व नै त्रसित रहेको छ। नेपाल, भारत लगायतका दक्षिण एशियाका देशहरुमा अहिले कोरोनाको दोस्रो लहरले झन भयावह रुप लिँदै गएको छ। यसैबीच भारतको राजस्थान सरकारले ‘ब्ल्याक फङ्गस’ नामक अर्को महामारीको घोषणा गरेको छ।

ब्ल्याक फङ्गस नाम दिएको यस रोगमा बिरामीको आँखाको ज्योती नै गुम्ने समस्या देखा परेको बताइएको छ। विशेषज्ञका अनुसार यस समस्या मुख्य त कोरोना संक्रमणबाट मुक्त भएका मधुमेहका बिरामीहरुलाई देखा पर्न थालेको छ। स्थानीय क्षेत्रमा यस समस्याको प्रकोप बढ्दै गएको कारणले यसलाई महामारीको नाम दिएको राजस्थानको चिकित्सा स्वास्थ्य विभागले जानकारी दिएको छ।

अहिलेसम्म राजस्थानका झण्डै एक सय बिरामी आँखा बिगार्ने ब्ल्याक फङ्गस रोगबाट पीडित भएका र यो सङ्ख्या अझै बढ्न सक्ने विभागले बताएको छ। आँखा सम्बन्धि देखिएको यस्तो समस्याको उपचारको लागि जयपुरको सवाई मानसिंह अस्पतालमा छुट्टै वार्ड तयार पारिएको बताइएको छ। राज्यका मुख्यमन्त्री अशोक गहलोत राजस्थानसहित देशका अन्य केहि ठाउँमा पनि ब्ल्याक फङ्गस बिस्तारै बढ्दै बताएका छन्।

दैनिक रूपमा २० जना बिरामी यस समस्याका साथ अस्पताल पुग्ने गरेका छन्। गुजरात र महाराष्ट्रका कोरोना सङ्क्रमितमा सबैभन्दा पहिले देखिएको यस समस्याका कारण गत महिनाको २४ गते दिल्लीको सर गंगा राम अस्पतामा झन्डै १०० जना बिरामी पुगेका थिए। महाराष्ट्रमा यो रोगका कारण ९० जनाको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित : बिहिबार, जेठ ०६, २०७८१५:३७

गृहमन्त्री राम बहादुर थापा सहित ७ जना मन्त्रीको पद खारेज ! को-को ?