काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय असंवैधानिक भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा डा। लोहनीले राष्ट्रपतिको यो निर्णयले कोभिड–१९ संकटको पिडामा रहेको नेपाललाई अर्को महासंकटमा धकेलेको बताएका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

‘राष्ट्रपतिको निर्णय असंवैधानिक छ । कोरोना संकटको पिडामा रहेका नेपालीहरूमाथि अर्को माहा संकटतिर धकेलेको छ। यो देशको लागि दुर्भाग्यपूर्ण छ र यसको विरोध गर्नुपर्दछ,’ डा. लोहनीले लेखेका छन् । राष्ट्रपति भण्डारीले बिहीबार साँझ संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको आह्वान गरेकी थिइन् । त्यसको सबैतिरबाट विरोध भइरहेको छ ।

